Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

Author Avatar साझा न्यूज 20th August 2026 , 5:09 PM
किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

कपिलवस्तु । नेपाली कांग्रेस नगर कार्यसमिति कपिलवस्तुको आयोजनामा नेपाली कांग्रेसका नेता तथा कपिलवस्तु नगरपालिकाका पूर्व नगरप्रमुख किरण सिंहको असामयिक निधनप्रति शोकसभा सम्पन्न भएको छ।

शोकसभामा सहभागी कांग्रेस नेता तथा कार्यकर्ताले स्वर्गीय सिंहप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टी संगठन, लोकतान्त्रिक आन्दोलन तथा कपिलवस्तुको सामाजिक र राजनीतिक क्षेत्रमा उहाँले पुर्‍याउनुभएको योगदानको स्मरण गरेका थिए।

कार्यक्रममा कांग्रेस महाधिवेशन प्रतिनिधि गोपिकृष्ण शर्मा, क्षेत्र नं. १ का क्षेत्रीय सभापति मान्नान खाँ, लुम्बिनी प्रदेश सदस्य प्रेमलता भट्ट, पूर्वराज्यमन्त्री तथा प्रदेश सदस्य रिना नेपाल, प्रदेश सदस्य रवि ठाकुर, पूर्व पार्टी सभापति राजेश आचार्य, लुम्बिनी प्रदेशसभा सदस्य एवं पूर्व पार्टी सभापति सुधाकर पाण्डे, पूर्व पार्टी सभापति एवं पूर्वमन्त्री कमलेश शर्मा तथा कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं भारतका पूर्व राजदूत दीपकुमार उपाध्यायले शोक मन्तव्य व्यक्त गर्नुभएको थियो।

वक्ताहरूले स्वर्गीय सिंहलाई निष्ठावान्, सक्रिय तथा समाजसेवी राजनीतिक व्यक्तित्वका रूपमा स्मरण गर्दै जनप्रतिनिधिका रूपमा उहाँले कपिलवस्तुको विकास र सामाजिक रूपान्तरणमा पुर्‍याउनुभएको योगदानको प्रशंसा गर्नुभयो। उहाँको निधनले नेपाली कांग्रेस तथा कपिलवस्तुको राजनीतिक क्षेत्रमा अपूरणीय क्षति पुगेको वक्ताहरूको भनाइ थियो।

कार्यक्रममा परिवारजनका तर्फबाट हुमबहादुर कुँवरले सिंहको मृत्यु घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्न माग गर्नुभयो। उहाँले घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउनुभयो।

सिंह साउन २२ गते गोरुसिंगे जंगल क्षेत्रबाट सम्पर्कविहीन हुनुभएको थियो। ढेकरीमा व्यावसायिक फर्म सञ्चालनको तयारी गरिरहनुभएका सिंह सोही क्रममा दिउँसो करिब २ बजे घरबाट निस्कनुभएको बताइएको छ। उहाँले प्रयोग गर्ने लु.प्र.०१–३ प ७९७० नम्बरको एभेन्जर मोटरसाइकल सोही दिन साँझ करिब साढे ७ बजे फेला परेको थियो। त्यसको दुई दिनपछि साउन २४ गते जंगलको झाडीमा उहाँको शव फेला परेको थियो।

सिंहको मृत्यु स्वाभाविक हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषयमा हालसम्म स्पष्ट निष्कर्ष आइसकेको छैन। मृत्युको कारणसम्बन्धी रिपोर्ट स्पष्ट रूपमा प्राप्त नभएको र भिसेरा परीक्षणको रिपोर्ट आएपछि थप तथ्य खुल्ने अपेक्षा गरिएको छ। घटनालाई लिएर स्थानीय तथा आफन्तहरूले समेत मृत्यु रहस्यमय रहेको भन्दै निष्पक्ष छानबिनको माग गर्दै आएका छन्।

स्वर्गीय सिंह २०७४ देखि २०७९ सालसम्म नेपाली कांग्रेसका तर्फबाट कपिलवस्तु नगरपालिकाको नगरप्रमुख रहनुभएको थियो। उहाँ यसअघि २०३९ र २०६४ सालमा कपिलवस्तु नगरपालिकाको उपप्रमुखसमेत बन्नुभएको थियो। उहाँका श्रीमती र दुई छोरा छन्।

शोकसभाको अध्यक्षता नेपाली कांग्रेस कपिलवस्तु नगर कार्यसमितिका सभापति खुर्सेद अहमद खाँले गर्नुभएको थियो भने सञ्चालन नेपाली कांग्रेस यशोधरा गाउँपालिका सभापति जगदिश पाण्डेले गर्नुभएको थियो।

कार्यक्रममा सहभागी नेता तथा कार्यकर्ताले स्वर्गीय सिंहको तस्बिरमा पुष्पगुच्छा तथा माला अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। साथै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

अल–कलममा परीक्षाफल प्रकाशन

अल–कलममा परीक्षाफल प्रकाशन

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

नागपञ्चमी, गुरही र गुडिया पर्वले सामाजिक सद्भाव बलियो बनाउँछ:मुख्यमन्त्री आचार्य

भर्खरै प्रकाशित

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

किरण सिंहको निधनप्रति कांग्रेसद्वारा शोकसभा

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

पोस्टमार्टम रिपोर्ट: पूर्व मेयर सिंहको निधन जंगलमा हराएकै दिन, शरीरमा चोटपटक देखिएन

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

कपिलवस्तुको सामुदायिक वनबाट ५ थान भरुवा बन्दुक बरामद

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

पत्रकारिताको विश्वसनीयता जोगाउन तथ्य र सत्यमा जोड

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतका सेनाध्यक्ष सेठको शिष्टाचार भेट

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज