साझा न्युज
कपिलवस्तु । इलाका प्रहरी कार्यालय पिपराको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने भएकी छन्। गुल्मीमा जन्मिएकी प्रहरी निरीक्षक कालिका कार्की पिपरा प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा आउन लागेकी हुन्।
पिपरा क्षेत्रमा पछिल्लो समय लागूऔषधको कारोबार तथा प्रयोग, विभिन्न आपराधिक गतिविधि र सवारी दुर्घटना प्रमुख सुरक्षा चुनौतीका रूपमा देखिएका छन्। यस्तो अवस्थामा नयाँ नेतृत्वका रूपमा आउन लागेकी कार्कीका लागि लागूऔषध नियन्त्रण, अपराध न्यूनीकरण, सडक सुरक्षा र नागरिकमा सुरक्षाको अनुभूति बढाउनु महत्वपूर्ण चुनौती हुने देखिएको छ।
कार्कीको नेतृत्वमा पिपरा क्षेत्रमा शान्ति–सुरक्षालाई थप प्रभावकारी बनाउने, आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकता दिने तथा प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।
इलाका प्रहरी कार्यालय पिपराको नेतृत्वमा महिला प्रहरी निरीक्षक आउन लागेको यो पहिलोपटक हो।
















































