Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

Author Avatar साझा न्यूज 1st November 2026 , 4:25 PM
वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

कपिलवस्तु, कात्तिक १५ गते । कपिलवस्तुको वाणगंगा नगरपालिका–३ राजापानीबाट प्रहरीले २८ ग्राम ८२० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पिपरा र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले शनिबार दिउँसो करिब २ बजे राजापानीस्थित राधाकृष्ण नास्ता पसलबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कपिलवस्तु नगरपालिका–११ का २६ वर्षीय सलाउद्दिन मुसलवान र वाणगंगा नगरपालिका–६ का २९ वर्षीय उमेश थारू रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार उक्त पसलमा लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक कालिका कार्कीको कमाण्डमा सात जनाको टोली र लागूऔषध नियन्त्रण ब्युरो भैरहवाबाट प्रहरी नायब निरीक्षक सागर भट्टराईको टोली संयुक्त रूपमा परिचालन भएको थियो ।

प्रहरी टोलीलाई देखेपछि पक्राउ परेका दुवै जना भाग्न खोज्दा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको थियो । त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई खानतलासी गर्दा साथबाट प्लास्टिकसहित २४ ग्राम ८१० मिलिग्राम र मोटरसाइकलको सिटमुनि लुकाइराखेको प्लास्टिकसहित पाँच ग्राम ८४० मिलिग्राम खैरो रङको गिलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद पदार्थको प्लास्टिक हटाई शुद्ध तौल गर्दा २८ ग्राम ८२० मिलिग्राम रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूले प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध र मोटरसाइकलसहित आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पिपरामा राखिएको डीएसपी सिंहले जानकारी दिनुभयो ।

उक्त स्थान इलाका प्रहरी कार्यालय पिपराबाट करिब पाँचदेखि छ किलोमिटर दक्षिणमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

लागूऔषधसहित १३ जना पक्राउ

लागूऔषधसहित १३ जना पक्राउ

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

भर्खरै प्रकाशित

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज