Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

Author Avatar साझा न्यूज 1st November 2026 , 6:34 PM
कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

नेपाली कांग्रेसको देउवा पक्षअन्तर्गत कपिलवस्तुमा सम्पन्न १५औँ नियमित जिल्ला अधिवेशनबाट राजेशबहादुर सिंह जिल्ला सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।

तौलिहवास्थित होटल शंकरमा आयोजित अधिवेशनको लुम्बिनी प्रदेश सभापति तथा केन्द्रीय सदस्य गहेन्द्र गिरीले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । अधिवेशनमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।

निर्वाचन समितिका संयोजक ऐश्वर्यनारायण शुक्लाका अनुसार जिल्ला उपसभापतिमा खुर्सेद अहमद खाँ र दुर्गा केसी निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सचिवमा मनोज पौडेल र मनोज कनौडिया तथा सहसचिवमा विजय खनाल र जमिल अहमद खाँ निर्विरोध निर्वाचित हुनुभएको छ ।

अधिवेशनबाट खुलातर्फ १७ जना जिल्ला कार्यसमिति सदस्य तथा जिल्लाका छ नगरपालिका र चार गाउँपालिकाबाट तोकिएको प्रतिनिधित्वका आधारमा सदस्यसमेत निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष भने नवनिर्वाचित कार्यसमितिको बैठकबाट चयन गरिने सभापति सिंहले बताउनुभयो ।

अधिवेशनलाई सम्बोधन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री कार्कीले नेपाली कांग्रेस लोकतन्त्र र प्रजातन्त्रको संरक्षण गर्ने ऐतिहासिक शक्ति भएको बताउनुभयो । उहाँले बीपी कोइरालाले अघि सारेको प्रजातान्त्रिक समाजवादको विचार र आदर्शलाई आत्मसात् गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा जोड दिनुभयो ।

कार्कीले मुलुकमा महँगी, मलको अभाव, सडक तथा यातायातको समस्या र संविधान कार्यान्वयनजस्ता महत्वपूर्ण विषय रहे पनि राजनीतिक नेतृत्व जनताका समस्याभन्दा अन्य गतिविधिमा अल्झिएको टिप्पणी गर्नुभयो । जनताको करबाट प्राप्त स्रोतसाधन जनताकै हितमा प्रयोग हुनुपर्ने उल्लेख गर्दै उहाँले जनताको अधिकार र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि कांग्रेस जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

उहाँले पार्टीको क्रियाशील सदस्यता र संगठनात्मक जिम्मेवारीलाई औपचारिकतामा सीमित नगरी विचार, सिद्धान्त र जनताप्रतिको प्रतिबद्धतासँग जोड्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा प्रदेश सभापति तथा केन्द्रीय सदस्य गहेन्द्र गिरीले पार्टीको आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन नियमित महाधिवेशन महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले पार्टीभित्र एकता, सहमति र सहकार्यको वातावरण निर्माण गर्दै कांग्रेसलाई जनताको भरोसाको पार्टीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

अधिवेशनमा क्षेत्रीय सभापति गोपीकृष्ण शर्मा, अब्दुल मन्नन खाँलगायतले पनि आफ्नो धारणा राख्नुभएको थियो ।

नवनिर्वाचित सभापति सिंहले पार्टीलाई एकताबद्ध बनाउँदै संगठन विस्तार र सुदृढीकरणमा जोड दिने बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

लागूऔषधसहित १३ जना पक्राउ

लागूऔषधसहित १३ जना पक्राउ

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

बडीमालिकामा भारी हिमपात: दुई जना पर्यटक सम्पर्कविहीन

भर्खरै प्रकाशित

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

कांग्रेस कपिलवस्तुको सभापतिमा राजेशबहादुर सिंह निर्विरोध निर्वाचित

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

वाणगंगाको नास्ता पसलबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

प्रधानमन्त्री होइन, संस्था बलियो भए मात्र सरकार बलियो हुन्छ : सभापति थापा

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

मुस्ताङको होटेलबाट जेन जेड आन्दोलनमा फरार प्रतिवादी पक्राउ

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड भएको घटना छानबिन गर्न सरकारलाई रास्वपाको निर्देशन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज