Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

Author Avatar साझा न्यूज 4th November 2026 , 6:55 PM
श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राविधिक शिक्षालाई श्रम बजारको माग र निजी क्षेत्रको आवश्यकतासँग जोडेर दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने बताउनुभएको छ । लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बुधवार राप्ती उपत्यका(देउखुरी)मा आयोजना गरेको प्राविधिक तथा व्यावसायिक सीप र निजी क्षेत्रको सीप आवश्यकतासम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले बजारको मागअनुसार पाठ्यक्रम परिमार्जन र सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।
प्राविधिक शिक्षामा लगानी बढे पनि शिक्षालयमा विद्यार्थीको आकर्षण घट्दै जानु र कतिपय शिक्षालय बन्द हुने अवस्थामा पुग्नु चिन्ताको विषय भएको उहाँले बताउनुभयो । परम्परागत शिक्षण शैली र बजारको आवश्यकतासँग मेल नखाने पाठ्यक्रमका कारण प्राविधिक शिक्षाप्रति आकर्षण घटेको हुन सक्ने उहाँको भनाइ थियो ।
‘प्राविधिक क्षेत्रमा लगानी बढेको छ । तर, हामीले बजारले माग गरेको आधारमा जनशक्ति तयार पार्न सकेका छौँ कि छैनौँ, समीक्षा गर्न जरुरी छ’, उहाँले भन्नुभयो, ‘अहिले प्राविधिक विद्यालयमा विद्यार्थी भर्ना हुन नसकेको अवस्था छ । बजारको मागअनुसार पाठ्यक्रम बनाउन नसकेको हो कि भन्ने विषयमा सीटीईभीटीले समीक्षा गर्नुपर्छ ।’ मुख्यमन्त्री आचार्यले रोजगारीको खोजीमा रहेका युवालाई उद्यमशीलतासँग जोड्दै दक्ष जनशक्तिमा रूपान्तरण गर्न प्रदेश सरकारले थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो । बजारको आवश्यकता पहिचान गरेर सोहीअनुसार तालिम र पाठ्यक्रम निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
लुम्बिनी प्रदेशमा विद्युतीय तथा मेकानिकल क्षेत्रका दक्ष जनशक्तिको माग करिब ५२ प्रतिशत रहेको छ । तर, प्राविधिक शिक्षालयबाट उत्पादन हुने जनशक्तिको सीप र उद्योगको वास्तविक आवश्यकताबीच तालमेल हुन नसकेको अध्ययनले देखाएको छ । दक्ष तथा अनुभवी प्राविधिक जनशक्ति उपलब्ध नहुँदा उद्योगहरू अन्य जिल्ला र भारतमा निर्भर हुनुपर्ने अवस्था रहेको निजी क्षेत्रका प्रतिनिधिहरूले बताएका छन् ।
निजी क्षेत्रले श्रम बजारको मागअनुसार पाठ्यक्रम निर्माण, प्राविधिक शिक्षालय र उद्योगबीच समन्वय, दक्ष प्रशिक्षकको व्यवस्था तथा व्यावहारिक अभ्यासलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएको छ । पढ्दै, सिक्दै र कमाउँदै कार्यक्रम प्रभावकारी बनाउनुपर्ने तथा निजी क्षेत्रको सहभागितामा सीप विकासका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पनि जोड दिइएको थियो ।
लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८३÷८४ का लागि विभिन्न मन्त्रालयमार्फत प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभीईटी) क्षेत्रमा ४१ करोड ४९ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । सामाजिक विकास मन्त्रालयमा ३० करोड १४ लाख ५२ हजार, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयमा ८ करोड ४७ लाख ३५ हजार, कृषि, भूमि तथा सहकारी मन्त्रालयमा २ करोड १७ लाख, युवा तथा खेलकुद मन्त्रालयमा ५२ लाख र वन तथा वातावरण मन्त्रालयमा १२ लाख रुपैयाँ विनियोजन भएको प्रस्तुतिमा उल्लेख छ ।
प्रदेशमा १५ देखि ६५ वर्ष उमेर समूहको जनसङ्ख्या ६४.९ प्रतिशत छ । साक्षरता दर ७८.१ प्रतिशत र बेरोजगारी दर ७.५ प्रतिशत रहेको छ । श्रमशक्तिमध्ये कृषि, वन तथा मत्स्यपालन क्षेत्रमा ६०.३ प्रतिशत, सेवा क्षेत्रमा ३६.२ प्रतिशत र औद्योगिक उत्पादन क्षेत्रमा ३.५ प्रतिशत संलग्न छन् ।
सामाजिक विकासमन्त्री रामजीप्रसाद घिमिरेको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । मन्त्रालयका सचिव सुशीला अर्यालले स्वागत गर्नुभएको कार्यक्रममा वरिष्ठ शिक्षा अधिकृत बेगम केसीले सहजीकरण गर्नुभएको थियो ।

लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, सामाजिक विकास मन्त्रालयको प्राविधिक शिक्षा महाशाखा प्रमुख हरिकला सारु र रुपन्देही उद्योग संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्राविधिक शिक्षाको अवस्था, अवसर र निजी क्षेत्रको सीप आवश्यकताबारे प्रस्तुति राख्नुभएको थियो । कार्यक्रममा सरकारी निकाय, प्राविधिक शिक्षालय र निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी विकास कोषको सदस्य सचिवमा सन्तोष पाण्डेय नियुक्त

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

लुम्बिनी प्रदेश मन्त्रिपरिषद्का सात निर्णय सार्वजनिक

भर्खरै प्रकाशित

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

कपिलवस्तुमा ४ लाख ८८ हजारभन्दा बढीका भन्सार छलीका सामान बरामद

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

श्रम बजारको आवश्यकता र मागअनुसार प्राविधिक शिक्षाको पाठ्यक्रम तयार पार्न जरुरीः मुख्यमन्त्री आचार्य

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

सरकारलाई विश्वप्रकाशको प्रश्न : ‘नियन्त्रणमा रहेको व्यक्तिको बयानका आधारमा काँग्रेसको बदनाम गर्न मिल्छ ?’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

आइजिपी नियुक्तिबारे ओलीको टिप्पणी ‘उनीहरूको भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीमा नयाँ अभ्यास : आईजीपीलाई गृहमन्त्रीले लगाए दर्ज्यानी चिह्न

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज