Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

Author Avatar साझा न्यूज 16th November 2026 , 7:30 PM
ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

सिद्धार्थ शाक्य । ताैलिहवा

कपिलवस्तु, तौलिहवा। कपिलवस्तुको तौलिहवास्थित बुद्ध पद्म खेल मैदानमा रहेको ऐतिहासिक महेन्द्र मञ्च जीर्ण अवस्थामा पुगेको छ।

जिल्लाको राजनीतिक, सामाजिक, सांस्कृतिक तथा खेलकुद गतिविधिको साक्षी बनेको यस मञ्चको संरक्षण र मर्मतसम्भारमा सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।

२०४८ सालदेखि यसै मञ्चबाट देशका ठूला राजनीतिक दलका नेतादेखि विभिन्न समयमा प्रधानमन्त्री बनेका व्यक्तित्वहरूले सम्बोधन गर्दै आएका छन्। कतिपय अहिले जीवित छन् भने कतिपय दिवंगत भइसकेका छन्।

अनगिन्ती मेला, महोत्सव, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता र धार्मिक कार्यक्रमसमेत आयोजना हुँदै आएको यस मञ्चको आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्त्व छ।

तर, हजारौँ मानिसको जमघट र ऐतिहासिक कार्यक्रमको साक्षी बनेको महेन्द्र मञ्च आज आफैँ जीर्ण अवस्थामा पुगेको छ। मञ्चको भौतिक अवस्था दयनीय बन्दै जाँदा पनि यसको मर्मतसम्भार तथा रङ्गरोगनका लागि आवश्यक पहल हुन सकेको छैन।

यस मैदानमा वर्षेनी विभिन्न मेला, महोत्सव तथा कार्यक्रम आयोजना हुने गरेका छन्। ती कार्यक्रमबाट प्राप्त हुने आम्दानीको सानो हिस्सा मात्रै भए पनि मञ्चको मर्मतसम्भार, रङ्गरोगन र संरक्षणमा खर्च गर्न सके यसको मुहार फेरिन सक्ने स्थानीयको अपेक्षा छ।

ऐतिहासिक महत्त्व बोकेको सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु सबैको दायित्व हो। कार्यक्रमबाट आम्दानी गर्ने आयोजक, स्थानीय सरकार तथा सम्बन्धित सरोकारवाला निकायले यस विषयमा गम्भीर ध्यान दिन आवश्यक देखिन्छ।

विकास र परिवर्तनका कुरा गर्ने जनप्रतिनिधि तथा सरोकारवालाको ध्यान अब ऐतिहासिक महेन्द्र मञ्चको संरक्षणतर्फ पनि जाओस्। यो मञ्चको मुहार फेर्न कसैको के नै घट्ने थियो र?

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी कांग्रेसको सभापति बन्न सुरेन्द्रराज आचार्यको तयारी तीव्र

लुम्बिनी कांग्रेसको सभापति बन्न सुरेन्द्रराज आचार्यको तयारी तीव्र

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाइयो

चैत पहिलो साता स्थानीय तहको चुनाव गर्ने तयारीमा निर्वाचन आयोग

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट ६३५ ग्राम सुनसहित एक चिनिया नागरिक पक्राउ

भारत, चीन र इजरायलका राजदूतको शपथ

भारत, चीन र इजरायलका राजदूतको शपथ

दाङमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृ’त्यु

भर्खरै प्रकाशित

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

ऐतिहासिक महेन्द्र मञ्च जीर्ण बन्दै, संरक्षण र मर्मत सम्भारमा कसैको ध्यान पुगेन

लुम्बिनी कांग्रेसको सभापति बन्न सुरेन्द्रराज आचार्यको तयारी तीव्र

लुम्बिनी कांग्रेसको सभापति बन्न सुरेन्द्रराज आचार्यको तयारी तीव्र

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

एकै महिना ६४ हजार बढीले गरे पाथीभरा दर्शन

समानुपातिक बन्दसूचीबाट ७६ उम्मेदवारको नाम हटाइयो

चैत पहिलो साता स्थानीय तहको चुनाव गर्ने तयारीमा निर्वाचन आयोग

करिब ४६ लाख ३७ हजार रुपैयाँ बराबरको अवैध मुद्रासहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट ६३५ ग्राम सुनसहित एक चिनिया नागरिक पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज