Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

Author Avatar साझा न्यूज 29th November 2026 , 11:12 AM
सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

बागलुङ । सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् ।

त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन थालेको छ । गाउँमा उत्पादित दूधको खपत कम भएपछि स्थानीय किसानले सहकारीमार्फत दूध सङ्कलन गरी पोखरास्थित डेरी उद्योगमा बिक्री गर्दै आएका छन् ।

जैमिनी दुग्ध उत्पादक सहकारी संस्थाले ३५ जना किसानबाट दैनिक करिब २३० लिटर दूध सङ्कलन गरी पोखरास्थित सुजल डेरीमा पठाउँदै आएको छ । विसं २०७६ मा स्थापना भएको सहकारीले दूधको बजारीकरण गर्दै किसानलाई पशुपालनमा निरन्तरता दिन सहयोग पुर्‍याएको छ ।

दूध गाउँमै पर्याप्त खपत नहुने र चाडपर्वका समयमा मात्रै माग बढ्ने भएपछि सहकारीले दूधको सङ्कलन तथा बजारीकरणको व्यवस्था मिलाएको हो । यसअघि बजारको अभावमा किसानलाई उत्पादित दूध बिक्री गर्न समस्या हुने गरेको थियो । सहकारीमार्फत नियमित रूपमा दूध बिक्री हुन थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने बाध्यता हटेको छ ।

सहकारीका व्यवस्थापक कृष्णप्रसाद आचार्यका अनुसार ३५ जना शेयर सदस्य किसानबाट दैनिक दूध सङ्कलन गरेर पोखरा पठाउने गरिएको छ । दूधको गुणस्तर र ‘फ्याट’का आधारमा किसानलाई मासिक भुक्तानी दिने व्यवस्था मिलाइएको उनले बताए ।

व्यवस्थापक आचार्यले भने, “किसानले उत्पादन गरेको दूध सहकारीमा जम्मा हुन्छ । चिलिङ भ्याटमा राखिएको दूध २४ घण्टासम्म सुरक्षित रहन्छ । त्यसअघि नै सुजल डेरीको ट्याङ्कर आएर दूध लैजान्छ ।”

उनले स्थानीय बजारमा दूध प्रतिलिटर रु ११० सम्म बिक्री हुने गरे पनि पोखरा पठाउँदा औसतमा प्रतिलिटर रु ७० मात्रै मूल्य प्राप्त हुने गरेको बताए । बजारको सुनिश्चितता भए पनि ढुवानी तथा बिक्री मूल्यका कारण किसानले स्थानीय बजारको तुलनामा कम मूल्य पाउने गरेको उनको भनाइ छ । दूधको बजार सुनिश्चित भएपछि किसानलाई व्यावसायिक पशुपालनमा लाग्न सहज भएको छ ।

सहकारीले अहिलेको दूध सङ्कलन तथा बजारीकरणलाई थप व्यवस्थित बनाउन एक हजार लिटर क्षमताको चिलिङ भ्याट आवश्यक रहेको जनाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले सहकारीमार्फत दूध बिक्री गर्ने किसानलाई प्रोत्साहन पनि गर्दै आएको छ ।

सहकारीमार्फत बिक्री हुने दूधमा किसानलाई प्रतिलिटर रु पाँच अनुदान उपलब्ध गराउँदै आएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा भरत रेग्मीले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

प्याप्सन कपिलवस्तुको जिल्ला स्तरीय खेलकुद प्रतियोगिता

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

५६ विद्यार्थी र ४७ अभिभावकलाई शैक्षिक सामग्री तथा खाद्यान्न

भर्खरै प्रकाशित

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

तिलौराकोट साझेदारी वनको आम्दानी ११ करोड ७८ लाख

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

रास्वपा पार्टी कार्यालय अगाडि पत्रकार महासंघको धर्ना

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

सर्वोच्च परिसरबाट सशस्त्र प्रहरी हटाइयो

सीमा सुरक्षा र अपराध नियन्त्रण गर्न स्थानीयसँग सहकार्य गर्दै सशस्त्र प्रहरी

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

उपत्यकामा एकै दिन ६७५ सवारी चालक ट्राफिक कारबाहीमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज