Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अक्सिजन सिलिण्डर सङ्कलन जारी

Author Avatar Sajha News 3rd June 2021 , 8:16 PM

काठमाडौँ : नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिण्डरको खोजी जारी राखेको छ । मुलुकमा कोभिड­-१९ सङ्क्रमणका कारण अक्सिजन र त्यसको सिलिण्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम सातादेखि सिलिण्डर सङ्कलन अभियान थालेको थियो । आजसम्म १० हजार बढी सिलिण्डर सङकलन भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पछिल्लो समयमा भने कोराना सङ्क्रमितको सङ्ख्या पनि घट्दो क्रममा रहेको र उत्पादनसमेत बढ्न थालेकाले अक्सिजनको अभाव हुन छाडेको छ ।

प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर सङ्कलन गरिएको छ । सङ्कलन गरिएका सबै सिलिन्डर आजै कोभिड अस्पताललाई उपलब्ध गराइएको छ । आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न सङ्घसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर सङ्कलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ६३० सिलिन्डर सङ्कलन गरी कोभिड अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, सङ्घसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोधसमेत गरेको छ ।

यसैबीच विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लङ्घन गर्ने एक हजार ६९५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६९३ वटा गाडी र एक हजार २ मोटरसाइकल छ । यस्तै नयाँ भेरियन्टसहित कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा ८०१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म ४ लाख ५१ हजारलाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लङ्घन गर्ने ८११ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ८१ हजार १०० रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ४ हजार ८५० व्यक्तिलाई सचेत गराई छाडिएको छ । प्रहरीले देशभर सञ्चालित ९५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेटसहित सचेतनामूलक कार्यक्रमअन्तर्गत छ हजार ९३८ जनालाई सचेतना दिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

आर्सनलले  प्रिमियर लिगमा न्युक्यासललाई हरायो

आर्सनलले प्रिमियर लिगमा न्युक्यासललाई हरायो

भर्खरै प्रकाशित

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

वडा अध्यक्ष दिरेप चौधरीको नेतृत्वमा वडामा विकासका लहर

लुम्बिनी सरकारले जटिल रोग लागेका बिरामीलाई दुई लाख रुपैयाँ सहयोग गर्ने

आज लुम्बिनी प्रदेश सरकारले ल्याउँदै नीति तथा कार्यक्रम

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

बाघको आक्रमणबाट ज्यान गुमाएकाको परिवारलाई राहत

एक महिनामा ४४ अर्ब ८६ करोड रुपैयाँले घट्यो सार्वजनिक ऋण

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

लेदोसहितको पहिरोले हुम्लाको तिलगाउँ उच्च जोखिममा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज