Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

केन्द्रदेखि प्रदेशसम्म ओलीविरुद्ध मोर्चाबन्दी


केन्द्रदेखि प्रदेशसम्म ओलीविरुद्ध मोर्चाबन्दी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेकै माधवकुमार नेपाल समूह, जनता समाजवादीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले गठबन्धन कसिलो बनाउँदै लगेका छन् ।

पार्टीभित्र मात्र नभएर मुलुकमा समेत स्वेच्छाचारी ढंगले शासन व्यवस्था सञ्चालन गर्न थालेपछि ओलीविरुद्ध मोर्चा कसेका विपक्षी गठबन्धनले केन्द्रमा मात्र नभएर प्रदेशका सरकारमा पनि सहकार्य सुरु गरेका छन् ।

ओली नेतृत्वको एमाले, माओवादी केन्द्रसहितका दलले २०७४ को आमनिर्वाचनमा तालमेल गर्दा कांग्रेस केन्द्रदेखि प्रदेशसम्मको सत्ताबाहिर पुगेको थियो । आमनिर्वाचनअघि सत्तामा पुग्ने कुनै सम्भावना नदेखेको कांग्रेस तीन वर्ष बित्दानबित्दै प्रदेशदेखि केन्द्रसम्म सत्तारोहणको नजिक पुगेको छ ।

तीन वर्षअघि एमाले र माओवादी केन्द्र मिलेर गठन भएको पार्टी एकीकरण नसकिँदै आन्तरिक कलहले पुरानै अवस्थामा फर्केपछि कांग्रेसका लागि सत्तारोहणको ढोका खुलेको थियो । त्यसमा पनि एमालेकै माधवकुमार नेपालसहितको एउटा समूह ओलीको विकल्प खोज्न तयार हुँदा कांग्रेसलाई कर्णाली प्रदेश सरकारमा सहभागी हुने अवसर मिलेको छ ।

प्रदेश नम्बर २ को सरकारमा सहभागी हुने तयारीमा रहेको कांग्रेसले सुदूरपश्चिम प्रदेशमा चाहेका बेला सरकारमा सहभागी हुने अवस्था निर्माण भएको छ । यद्यपि मंगलबार त्यहाँका मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिँदा कांग्रेस तटस्थ बसेको छ।

माओवादी केन्द्र र एमालेको असन्तुष्ट पक्ष मिल्दा नै मुख्यमन्त्रीले विश्वासको मत पाउने अवस्था बनेपछि तटस्थ बसेर कांग्रेसले विपक्षी बेन्च पनि सुरक्षित गरेको हो।

गण्डकी र लुम्बिनी प्रदेशमा ओली निकटका मुख्यमन्त्री छन् । यी दुवै प्रदेशमा पनि कांग्रेससहितको विपक्षी गठबन्धन एक ठाउँमा उभिएको छ । जसले गर्दा यी दुवै प्रदेशका सरकार अप्ठेरो अवस्थामा छन् ।

केही दिनअघि लुम्विनी प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा विपक्षी गठबन्धन एक ठाउँमा उभिँदा सत्तापक्षीय उम्मेदवार नराम्रोसँग पराजित हुन पुगेका थिए ।

वाग्मती प्रदेशमा भएको राष्ट्रियसभा निर्वाचनमा पनि विपक्षी गठबन्धनकै उम्मेदवार निर्वाचित भएका थिए। माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका तत्कालीन गृहमन्त्री रामबहादुर थापा निर्वाचनमा पराजित भएका हुन्।

एमालेभित्रको असन्तुष्टि बढ्दै जाँदा प्रदेश नम्बर १ र वाग्मती प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेट प्रदेशसभामा प्रस्तुत र पारित गर्ने सम्भावना कमजोर बन्दै गएको छ । दुवै प्रदेशमा सरकारको विकल्प खोज्न विपक्षी गठबन्धन आन्तरिक गृहकार्यमा जुटेको नेताहरूले दाबी गरेका छन् ।

केन्द्र सरकारमा ओलीको विकल्प खोज्न विपक्षी गठबन्धन एक देखिएको छ । केन्द्र सरकारको मुद्धा सवोच्चमा छ । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

दलहरूको ध्यान नयाँ सरकार गठनतिर

लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

लोसपा काङ्ग्रेसमा विलय हुँदै, राष्ट्रपति महन्थ कि मानबहादुर ?

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

सरकार गठनअघि ३४ पदाधिकारीको भागबन्डा चुनौती

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

‘सुनको लौरो’ बारे अनुसन्धान सुरु

एमाले अध्यक्ष ओलीले विशेष सम्बोधन गर्ने

शक्तिशाली अध्यक्ष ओली कमजोर बन्नुको कारण के हो ? (कारणसहित)

सरकारको नीति तथा कार्यक्रमः अर्थतन्त्रका समस्याप्रति मौन

भर्खरै प्रकाशित

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

औपचारिकतामा मात्र सिमित सिमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

जगदिशपुर तालमा मनाइयो २७ औं सीमसार दिवस

बधाई लिने समय आएको छैन, सबै मिलेर विकासका काम गरौँ : लामिछाने

सरकारमा रहने कि बाहिरिने भन्ने निर्णय लिन रास्वपाको बैठक सुरु

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

फागुन ११ गते देखि कपिलवस्तुमा हात्तीपाईले निवारण महाअभियान

सांसद अरुण चौधरी पक्राउ

सांसद अरुण चौधरी पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि