निषेधाज्ञाका बीच पोखरा पुग्नुभएका गणेश लामालाई प्रहरीले क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरेको छ ।
लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका लामा पछि क्याटवाक रेस्टुरेन्ट पुगेको सूचनाका आधारमा प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वी सुब्ब गुरुङले विश्वासको मत लिने बेलामा लामा पोखरामा पुग्नुलाई राजनीतिक मानिएको छ ।
राजनीतिक चलखेलका लागि उहाँ काठमाडौंबाट पोखरा पुग्नुभएको बताइएको छ ।
प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए ।