दाङको तुलसीपुर क्षेत्रको टिकरीमा गोली चलेको छ । गोली चलाएको आरोपमा दुई जनालाई पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–८ टिकरी बस्ने २४ बर्षिय पुर्ण वली र २१ बर्षिय आकास चौधरी रहेको प्रहरीले बताएको छ ।
उनीहरुलाई शुक्रवार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।
जग्गा विवादमा गोली चलेको बताइएको छ । तर कसलाई गोली प्रहार गरिएको हो भन्ने बारेमा प्रहरीले केही खुलाएको छैन । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।
















































