पोखरा । पोखराको लेकसाइड स्थित एक होटलबाट पक्राउ परेका गणेश लामा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय कास्कीले उनलाई २ हजार धरौटी लिएर छाडेको हो ।
निषेधाज्ञा उल्लंघन गरेको आरोपमा प्रहरीले उनलाई पोखराको लेकसाइड स्थित एक होटलबाट पक्राउ गरेको थियो ।
कास्कीमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले लामासहित पक्राउ परेका तीनै जनालाई रिहा गर्न आदेश दिएका हुन् । प्रजिअ गौतमको आदेशसँगै लामासहित पक्राउ परेका नेता चन्द्र लामा र रमेश खड्का पनि सँगै रिहा भएका छन् ।