ईसाझा न्यूज । संवाददाता
कपिलवस्तु, जेठ २८
‘सामाजिक कामकालागि हाम्रो अभियान, जहा दुःख त्यहा पुग्छ नेबि संघ र तरुण दल’ भन्ने नाराकासाथ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर १० स्थित एक बिपन्न परिवारलाई ईटाजस्तापाता सहीत निर्माण सामाग्री खाद्यान्न र लत्ताकपडा उपलबध गराइएको छ ।
तरुण दल कपिलवस्तु र नेबि संघले संयुक्तरुपमा पटनाको सोनपुरक बिपन्न परिवार प्रदीप कोहारलाई सो सामाग्री घर मै पुगी हस्तान्तरण गरिएको हो । ईटा जस्तापाता लगातयतका निर्माण सामाग्री चामल दाल नुन तेल, आटा नुन सर्फ सावनु, ड्रेस लगायतका गरी करिब ढेड लाख मूल्यका सामागी प्रदान गरिएको हो । तरुणका जिल्ला सभापति शक्ति सिंह ठकुरी र संघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल लगायतका टोली ती बिपन्न परिवारलाई सामाग्रही हस्तान्तरण गरेका थिए । संघ र तरुण दलमा आबद्ध रहेको बिभिन्न ८ जनाले सो सामाग्रीकालागि सहयोग गरेका थिए ।
तरुण दलका जिल्ला सभापति ठकुरीले आफुहरुले बिपन्न परिवारकालागि घर निर्माणमा सहयोग गर्ने अभियान चलाएको बताए । दुःखमा परेका बिपन्न परिवारलाई सहयोग गर्न आफुहरुले बिभिन्न काम गरीरहेको बताए । ‘हक अधिकारकालागि राजनीति गर्ने नारा जुलु गर्ने मात्र होईन, सामाजिक उत्तरदायित्व बोक्दै हामी गरीब र बिपन्नको घर घरमा पुग्ने अभियानमा छौ’ उनले भने । क्षेत्रीय सभापति पोख्रेलले आफुहरुले बर्षो देख चिलाएको अभियानले नेबि संघ र तरुण दल बिपन्न परिवारको सुख दुःखको साथी बन्दै गएको बताए ।
आफुहरुको अभियान राम्रो भएकाले धेरै जनाले साथ दिएको बताए । सामागूी पाएर हर्षित भएका प्रदीपले बर्षौ देखि टिनको घरमा बस्ने सपना पुरा हुने बताए । पुस्ताऔ देखि झपडीमा गुजारा चलाउर्दै आएका उनले तरुण दल र नेबि संघ भगवान बनेर आफनो घरमा आएको बताए । ‘ म जस्तो गरीबलार्ई सहयोग गरेर तरुण दल र नेबि संघले पुन्यको काम गरेको छ ’ उनले भने । कार्यक्रममा तरुण दल र नेबि संघका गरी दुई दजृन बढीको सहभागीता थियो ।