Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

यौन हिंसा प्रकरण : सुरक्षा घेरामा राउटे बस्ती


यौन दुर्व्यवहारमा परेकी राउटे युवतीलाई मृत्युदण्ड हुने डर

कर्णाली । राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी प्रवेश रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरेको हो । राउटे बस्तीमा हाल नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक तथा सशस्त्र प्रहरीले हवल्दारको कमाण्डमा सुरक्षा निगरानी बढाएको छ ।

यही जेठ २१ गते राति १९ र २३ वर्षीया राउटे युवतीमाथि स्थानीय तीन युवाले बोटेचौर बजारको एक होटलमा यौन हिंसाजन्य क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा भाइरल उक्त भिडियोका आधारमा प्रहरीले आइतबार बिहान गुर्भाकोट–९ बोटेचौरका ३५ वर्षीय चौमन घर्ती, २४ वर्षीय भूपेन्द्र बुढामगर र होटल सञ्चालक मिलन भनिने मनबहादुर पुनलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयले राउटे युवतीमाथि भएको सामूहिक यौन हिंसाको घटनामा जबर्जस्ती करणी र साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया गरिरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले अनुसन्धान अधिकारीले घटनासँग सम्बन्धित प्रमाण सङ्कलनका साथै पीडित, पीडक पक्षको बयान लिने काम भइरहेको बताए ।

घटनाको आठ दिनपछि राउटे युवतीको शुक्रबार प्रदेश अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । पीडित युवतीलाई थाहै नदिएर उनीहरुको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ । पीडित युवतीको सुरक्षाका कारण उक्त समुदायका अगुवालाई घटनाबारे गोप्य राखिएको छ । बयान र स्वास्थ्य परीक्षणपश्चात ती युवतीलाई बस्तीमै फर्काइएको छ । घटनाका आरोपीलाई आवश्यक अनुसन्धानका लागि थुनामा राख्न जिल्ला अदालतले १० दिनको म्याद थप गरेको छ । यसअघि अदालतले दिएको पाँच दिनको म्याद शुक्रबार सकिएको थियो ।

प्रहरी नायब उपरीक्षक घर्तीले राउटे बस्तीको निगरानीका लागि अझै केही समय प्रहरी त्यहाँ बस्ने बताए । “यस्ता घटनामा विशेषगरी युट्युबरले सन्सनी मच्चाइरहेको पाइन्छ, यस घटनामा पनि शुरु–शुरुमा युट्युबजस्ता सामाजिक सञ्जालमा पीडितलाई उल्टै पीडा दिने खालका विषयवस्तु सार्वजनिक भएको पाइयो”, उनले भने, “बस्तीमा त्रास फैलाउने, पीडितलाई थप पीडा दिने, अनुसन्धानलाई प्रभावित पार्न सक्ने भएकाले प्रहरीको निगरानी बढाएका हौँ ।”

व्यापक प्रहरी परिचालन भए पनि राउटे समुदायले भने अहिलेसम्म घटनाबारे थाहा पाएका छैनन् । प्रहरी प्रशासनले समुदायबाट पीडित युवतीमाथि थप हिंसा हुनसक्ने आकलन गर्दै बस्तीमा अन्य मानिसको प्रवेश रोक्नाका साथै उक्त घटनालाई गोप्य राख्ने रणनीति अपनाएको हो ।

फिरन्ते राउटे समुदाय लेकबेँसी नगरपालिकाको कल्याणबाट केही दिनअघि गुर्भाकोटको आपँसोती हुँदै दमार भन्ने ठाउँमा पुगेका हुन् । लोपोन्मुख सो समुदाय हाल १४३ को सङ्ख्यामा छ । सरकारले लोपोन्मुख जातिको सामाजिक सुरक्षाका लागि प्रतिव्यक्ति मासिक रु तीन हजार भत्ता प्रदान गर्दै आएको छ ।

यसैबीच जिल्ला अदालतले शुक्रबार राउटे युवतीमाथि भएको यौन हिंसाका भिडियो युट्युबबाट हटाउन आदेश दिएको छ । न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको इजलासले युट्युबबाट भिडियो नहटाइए साइट बन्द गर्नसमेत आदेश दिएको हो । करणीजन्य अपराधका सामग्री गोप्य हुनुपर्नेमा केही युट्युबमा पीडितको पहिचान खुलाएर भिडियो सार्वजनिक भएपछि परेको मुद्दामा अदालतले यस्तो आदेश दिएको हो ।

“युट्युबलगायतका सामाजिक सञ्जालमा राखिएका सामग्री हटाउन नेपाल सरकारमार्फत विज्ञप्ति नै जारी गर्नुपर्ने अवस्था देखिएको छ, गृह मन्त्रालयमार्फत सूचना जारी गर्न जिल्ला प्रशासन कार्यालय सुर्खेतमा प्रस्तुत आदेशको प्रतिलिपिसहित कारवाहीका लागि लेखी पठाउनू”, आदेशमा भनिएको छ ।

सामग्री बनाएर अपलोड गर्नेलाई कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमार्फत प्रहरी प्रधान कार्यालयलाई अनुरोध गर्न आदेश गरिएको छ । त्यस्तै अदालतले संवेदनशील विषयमा जथाभावी सामग्री प्रसारण गर्नेविरुद्ध कारवाही गर्न तथा त्यस्ता साइट आवश्यकतानुसार बन्द गराउन गृह मन्त्रालयमार्फत सूचना तथा सञ्चार प्रविधि मन्त्रालयलाई समेत अनुरोध गर्न आदेश दिएको छ । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

गण्डकपीडितले  १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

गण्डकपीडितले १४ वर्ष बितिसक्दासमेत क्षतिपूर्ति रकम पाएनन्

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

बौद्ध सम्प्रदायको चासोलाई कोषले सधै स्वागत गर्छ : लुम्बिनी विकास कोष

भर्खरै प्रकाशित

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको  मतदान‍ कार्य जारी

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी

हिंसात्मक बाटोमा विप्लव, आपराधिक समूहविरुद्ध आक्रामक हुने प्रहरीको भनाई

विप्लव नेतृत्वको पार्टीले आज विशेष पत्रकार सम्मेलन गर्दै

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

सञ्चार क्षेत्रप्रतिको चर्को आक्रोशले मानसिक स्तर स्पष्ट !

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

मन्त्रिपरिषदको बैठक अपराह्न ४ बजे बस्दै

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

भैरहवामा राेकिएको ट्रकमा कार र बस ठोक्किए, एकको मृत्यु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि