पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र चार मन्त्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यलयमा एक समारोहकाबीच प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।
मुख्यमन्त्री पोखरेलले सबै मन्त्रालय आफै मातहत राखेका छन् । कुमार खड्का,हरिशरण आचार्य,मधु अधिकारी र राजिव गुरुङले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।