Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कुनै नारा र महत्वकांक्षा बोकेर नहिँड्ने हो भने समृद्धि आउन सक्दैन: मुख्यमन्त्री राई

Author Avatar साझा न्यूज 13th June 2021 , 6:53 PM
कुनै नारा र महत्वकांक्षा बोकेर नहिँड्ने हो भने समृद्धि आउन सक्दैन: मुख्यमन्त्री राई

-सुमन सुस्केरा, विराटनगर 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकारले ल्याएको नारा र कार्यक्रमलाई अन्यथा लिन नहुने बताएका छन् । हरेक वर्ष नयाँ नारामात्र आउने तर कार्यान्वायन नभएको भन्ने सांसदका गुनासोमा उनले नारा र सपनाले मात्र समृद्धिको बाटो निर्माण गर्ने बताए । प्रदेश १ सभाको आठौँ तथा बजेट अधिवेशनको सातौं बैठकलाई सम्बोधन गर्दै नारा, सपना र आकांक्षा नै नदेख्ने हो भने कुनैपनि काम गर्न नसकिने बताए ।

‘सपना र महत्वकांक्षा पुरा हुनका लागि परिस्थिति, स्रोत, कानुन, मानसिकता तथा ईच्छाशक्तिका कुराले पनि काम गर्छ,’ उनले भने, ‘कुनै नारा र महत्वकांक्षा बोकेर नहिँड्ने हो भने समृद्धि आउन सक्दैन । त्यसैले यसबाट नारा मात्र आयो भनेर आँत्तिनु पर्दैन ।’

‘सपना नदेख्ने हो भने घरभित्र बसेर पुजापाठ गरेर समृद्धि आउँछ त ?’ मुख्यमन्त्री राईको प्रश्न थियो, ‘हामीले सपना र नारा बोकेर हिँड्नैपर्छ ।’ सबै नारा पुरा हुन नसके पनि महत्वकांक्षा र ती नारा पुरा गर्नका लागि धेरै कुराले साथ दिनुपर्ने राईले बताए ।

उनले शिर निहुर्‍याउनुपर्ने तथा अप्ठेरो मान्नुपर्ने कुनैपनि काम सरकारले नगरेको पनि स्पष्ट पारे ।

खुवालुङको चिन्ता
सांसदले खुवालुङ फुटाउन खोजेको आरोप लगाएका सांसदलाई जवाफ दिँदै उनले आँतिनुपर्ने अवस्था नरहेको बताए । उनले खुवालुङको बारेमा सस्तो र भ्रामक प्रचार भएको, सेन्टीमेन्ट भड्काउने, चलखेल गर्ने, राजनीतिकरण तथा एकले अर्कोलाई कसरी प्रहार गर्ने र गराउने खालका प्रचार भएको उल्लेख गरेका छन् । सरकारले स्पष्ट रुपमा खुवालुङको संरक्षण गर्ने भनेर भनिसकेको अवस्थामा फेरि सशंकित हुने अवस्था नरहेको उनले बताए ।

‘खुवालुङ ढुंगामात्र हो भने फुटाउने भनिएको थियो, त्यो नभएपछि संस्कृति र सभ्यतासँग जोडिएको ढुंगा भएकाले कसरी फुट्न सक्छ र !’ उनले भने, ‘ढुंगामात्र हो भने फुटाउने ठाउँमा छ, तर त्यो ढुंगामात्र होइन‚ यसको संरक्षणमा ध्यान दिइएको छ ।’ आठौँ तथा बजेट अधिवेशनको सातौं बैठकमा नीति तथा कार्यक्रममाथि गरिएको छलफलमा ३२ जना सांसदले भाग लिएका थिए ।

मुख्यमन्त्रीले मागे माफी

नीति तथा कार्यक्रममा सहभागिता जनाएको अवस्थामा पुरै समय बसेर सुन्न नसकेको तथा कार्यव्यस्ताताले गर्दा सुन्न नपाएकोमा उनले संसदलाई सम्बोधनको क्रममा क्षमा मागेका छन् । नीति तथा कार्यक्रममा छलफलको क्रममा मुख्यमन्त्री नबसेको भन्दै सांसदहरुले आलोचना गरेका थिए ।  ‘म संसदमा बस्न नपाएपनि मैले सबै माननीयज्यूहरुले उठाउनुभएको विषयहरु सुनेको छु,’ उनले भने,‘ माननीयज्यूहरुले व्यक्त गर्नुभएको विचार, भावना, आलोचना र सुझावलाई धन्यवाद दिन चाहन्छु ।’
कोभिडका कारण अरु क्षेत्रसँगै नीति बजेट कार्यक्रम पनि प्रभावित भएको उनले बताए ।

रक्सी ब्रान्डिङका कुरा
नीति तथा कार्यक्रममा स्थानीय उत्पादनको अन्वेषण र बजारीकरणको कुरालाई रक्सीसँग मात्र जोडिएकोमा मुख्यमन्त्रीले ब्यान्ड भर्सेस ब्रान्डको कुराले केही सांसदलाई ज्वरो आएको प्रतिक्रिया दिएका छन् । उनले ब्यान्ड भर्सेस ब्रान्डको कुराले कतिपय सांसदलाई १०४ डिग्रीको ज्वरो आएको बताए ।

‘कोभिडको बहानामा कुनै क्षेत्रको अध्ययन नै नगर्ने ? घरेलु उत्पादनको ब्रान्डिङको अनुसन्धान नै नगर्ने ? के त्यो स्थानीय उत्पादन भनेको रक्सीमात्र हो ?’ उनले प्रश्न गर्दै भने, ‘कोरियाले पठाएको छ्याङ खाएर नेपाली गफिने, दक्षिण कोरिया, जापानका उत्पादनको प्रचार गर्न जान्ने तर घरेलु उत्पादनको बारेमा अनुसन्धान र ब्रान्डिङका कुरालाई अन्यथा लिन मिल्दैन ।’

प्रदेशको दीर्घकालीन स्रोतको खोजी गरेर अघि बढ्ने कुरालाई कुनैले नकार्न नहुने दाबी गरे । सांसदले उठाएको प्रश्नको जवाफ दिने क्रममा नामाकरण टुंगो लगाएर मात्र बर्खे अधिवेशनको अन्त्य गर्न उनले सांसदहरुलाई आग्रह गरे ।

यसैबीच प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पेश गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । अर्को बैठक आगामी असार १ गते ३ बजेलाई बोलाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

आर्थिक गणना सफल बनाउन सबैको सहभागिता आवश्यक

भर्खरै प्रकाशित

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

कपिलबस्तु महोत्सवमा भोली प्रिति पासवान आउदै

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

मातृ तथा बाल मृत्युदर न्यूनीकरण कार्यक्रम सञ्चालन मार्गदर्शन सम्बन्धी अभिमुखीकरण

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

नेता खड्कामाथिको स्पष्टीकरण फिर्ता लिने तयारी

८ हजार लालपुर्जाविहीन  बढीले पाए लालपुर्जा

८ हजार लालपुर्जाविहीन बढीले पाए लालपुर्जा

एघार फिट लामो राजगोमनको उद्धार

एघार फिट लामो राजगोमनको उद्धार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज