Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने


सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने

मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

आयोजनाका विभिन्न पूर्वाधारमा क्षति पुगेको अनुमान गरिए पनि त्यसको मर्मतका लागि उपकरण पु¥याउन नसकिने अवस्था छ । ठाउँठाउँमा गरी आयोजना निर्माणस्थल प्रदेशमार्गमा पाँच-छ किमी सडक क्षतिग्रस्त भएको अनुमान गरिएको समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताउनुभयो । उहाँले भन्नुभयो, “सङ्घीय सरकार र स्थानीय सरकार मिलेर सडक चाँडो मर्मत गर्न आवश्यक छ ।”

बाढीकै कारण त्यस क्षेत्रमा पाँच पुल बगाएको छ । हेडवर्कमा भएको तीन र मेलम्ची नदीमा दुई पुल बाढीका कारण क्षतिग्रस्त बनेको सूचना अधिकारी पन्तले बताउनुभयो । क्षति भएकामध्ये दुई कङ्क्रिटको पुल र तीन बेलिब्रिज रहेको छ । फेरि पनि पक्की पुल बनाउन प्रक्रियामा जाँदा दुई-तीन वर्ष लाग्ने भएकाले यसको तत्काल समाधान खोज्न लागिएको उहाँले बताउनुभयो ।

सडक विभाग र नेपाली सेनासँग प्रकोपमा प्रयोग गर्न तयारी अवस्थामा बेलिब्रिज राखिएको हुन्छ । उहाँले भन्नुभयो, “त्यसको प्रयोग गरेर पनि चाँडो हेलम्बुसम्म सडक खुलाउन खानेपानी मन्त्रालयले समन्वय गरिरहेको छ ।”  कति छिटो सडक मर्मत गरेर उपकरण लैजान सकिन्छ आयोजनामा पुगेको क्षतिको मर्मत उति चाँडो गर्न सकिने देखिएको छ । सडक एकातर्फबाट खुलाउँदा पनि निर्माणस्थलसम्म पुग्न सकिने सूचना अधिकारी पन्तले बताउनुभयो । विभिन्न स्थानमा सडक पूरै भासिएको छ ।

त्यस्तो ठाउँमा पनि पहिलेको रेखाङ्कनभन्दा फरक ठाउँमा सडक निर्माण गर्न नसकिने समितिले जनाएको छ । पहिलेको सडक बगेको भए पनि त्यसको विकल्प खोज्दा लामो समय लाग्न सक्छ । पहिले सडकको ट्रयाक खोल्दा मुआब्जा र क्षतिपूर्तिसहित काम भएको थियो । अहिले नयाँ रेखाङ्कनको विकल्प खोज्दा स्थानीयवासीले सहयोग नगर्ने भएकाले त्यही रेखाङ्कनमा अस्थायी भएपनि सडक लैजान सकिन्छ कि भन्ने हेरिएको समितिले जनाएको छ ।
यही असार १ गते आयोजना क्षेत्रमा बाढी पसेको थियो । अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अबिरल वर्षाको कारण बाढी आएको हो । आयोजनाले सोही दिनदेखि नै सुरुङ बन्द गरी सुन्दरीजलबाट पानी खाली गर्न शुरु गरेको थियो । सुरुङ बन्द भएकाले त्यसमा बाढी पस्न नपाएको आयोजनाले जनाएको छ ।

आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ । आयोजनाको क्याम्पहरू, उपकरणहरू, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ । आयोजनाले कतिपय संरचना बाढीका कारण पुरिएकाले स्थलगत रूपमा हेरेर मात्रै त्यसमा कति क्षति पुगेको छ भन्ने थाहा पाउन सकिने जनाएको छ ।

आयोजनास्थलमा पुगेको क्षतिको स्थलगत रुपमा अनुगमन गर्न खानेपानी मन्त्रालयको टोली त्यसतर्फ जाने योजना बनाएको छ । शुक्रबार खानेपानी मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै बसन्तकुमार नेम्वाङले खानेपानी मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको टोली संयुक्त रुपमा अनुगमन गर्नुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

भर्खरै प्रकाशित

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि