Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

युट्युबरको मनोमानीले गर्दा नागरिकलाई पीडा, प्रहरी र पत्रकारलाई चिन्ता !

Author Avatar साझा न्यूज 27th June 2021 , 9:06 PM
युट्युबरको मनोमानीले गर्दा नागरिकलाई पीडा, प्रहरी र पत्रकारलाई चिन्ता !

काठमाडौँ : केही समय पहिले महानगरीय प्रहरी परिसर काठमाडौँमा कार्यरत प्रहरी नायब उपरीक्षक कोपिला चुडाललाई कोभिड सङ्क्रमण भएको थियो । आइसोलेसनमा रहँदा उनले खाली समयमा सामाजिक सञ्जाल हेरिन । युट्युबमा सङ्क्रमितको मृत्यु भएको र पुर्नका लागि खाल्डो खनेको दृश्य देखेर आफू झसङ्ग भएको बताइन् ।

चुडाल प्रहरी अधिकृत त्यसमा पनि प्रविधिको प्रयोगबाट हुने अपराध अनुसन्धान गर्ने जिम्मेवार तहमा रहेको व्यक्ति हुन् । युट्युबलगायतका सामाजिक सञ्जालका सकारात्मक पक्ष हुँदाहुँदै कतिपयले त्यसको दुरुपयोग गर्दा धेरै नागरिकले अनाहकमा दुःख पाइरहेको उनको अनुभव छ ।

 

 

उनको शाखामा अहिले सबैभन्दा बढी चिठ्ठा, उपहार वा कुनै प्रोजेक्टका नाममा भइरहेको ठगीका घटना आइरहेको छ । दैनिक ५०÷६० वटासम्म यस्ता घटना आइरहेको उनले बताइन् । उनले भनिन्, “नागरिक आफैँ जसले जे भनेको छ, त्यो पत्याउनेभन्दा त्यसका बारेमा बुझेर मात्र व्यवहार गर्नुपर्छ ।”

सामाजिक सञ्जालले नै कहिले आत्महत्या दुरुत्साहनको कारण बनेको त कहिले महिलाको चरित्र हत्या गरेको प्रनाउ चुडालको भनाइ छ । वैदेशिक रोजगारीमा गएका श्रीमानका श्रीमतीलाई ‘श्रीमान् विदेश गएपछि श्रीमती यस्तो’ भन्दै शिर्षक हालेर चरित्र हत्या भइरहेको छ । उनले भनिन्, “यस्ता घटना नियन्त्रणका लागि आचारसंहिता बनाएर कडाइका साथ लागू गर्न आवश्यक छ ।”

युट्युब भनेको के हो भन्ने नबुझ्ने महिला र किशोरीको दुरुपयोग गरेर ‘भ्युज’ बढाउने काम गरिरहेको सुर्खेतकी पत्रकार टीका बिष्टले बताइन् । ग्रामीण क्षेत्रमा कतिपय महिलालाई एक÷दुई हजार रुपैयाँ दिएर यसो बोल भनेर लगाएको समेत घटना भइरहेका छन् ।

केही समय पहिले राउटे समुदायको महिलामाथि भएको यौन दुव्र्यवहारमा पनि ती महिलालाई सामाजिक सञ्जाल र त्यसको असरका बारेमा जानकारी नभएको उनले बताइन् । उनले भनिन्, “युट्युबलाई कि त सामाजिक सञ्जाल मात्रै हो मिडिया होइन भन्नुपर्छ, कि त अनुगमनको दायरामा ल्याउनुपर्छ ।”

महिला अधिकारका क्षेत्रमा कार्यरत संस्था उमन फाउण्डेसनकी गीता न्यौपानेले केही युट्युबले राम्रो काम गरेपनि कतिपयले सस्तो लोकप्रियताका लागि महिलालाई पीडा दिइरहको बताइन् । कतिपय युट्युबले ग्रामीण क्षेत्रसम्म पुगेर धेरैका विचार र पीडा बाहिर ल्याउने काम गरिरहेको उनको भनाइ छ । उनले भनिन्, “यदि युट्युबले पीडितलाई थप पीडा दिएको अवस्थामा भने कडा कानून बनाएर कारवाही गर्नुपर्छ ।”

विराटनगरकी पत्रकार इन्दिरा भट्टराईले युट्युबले पीडितका परिवार र आफन्तलाई थप पीडा दिएको बताइन् । कुनै पनि घटनाका कारण पीडामा परेका आफन्तजनलाई उनीहरु घटना कहाँ भयो, कसरी, कुन समय भन्दै केरेर थप पीडा दिइरहेको बताइन् ।

चलचित्र पत्रकार सङ्घका उपाध्यक्ष जीवन पराजुलीले कुनै पनि व्यक्तिले युट्युबले आफूलाई असर पु¥याएमा उजुरी गर्न सक्ने व्यवस्था रहेको बताए । अहिले आमसञ्चार माध्यम फेसबुक र युट्युबबाट नै चलिरहेकाले यसलाई व्यवस्थित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उनको जोड छ ।

सञ्चारिका समूहकी अध्यक्ष नितु पण्डित कतिपय युट्युबले राम्रो काम गरिरहे पनि कतिपयले पीडितलाई थप पीडा दिएको बताउँछन् । युट्युबमा महिलाको फोटो र नराम्रा शिर्षक प्रयोग गरेर चरित्र हत्या भइरहेको उनले औल्याए ।

नेपाल दूरसञ्चार संस्थानका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मनत्रालयले अघि बढाएको मिडिया काउन्सिल ऐन बनेपछि युट्युबलगायत सामाजिक सञ्जाललाई नियमन र आवश्यक भएमा कारवाही गर्न सकिने बताए । आमनागरिकमा पनि यसका बारेमा जानकारी गराउन आवश्यक रहेकामा उहाँले जोड दिए । उनले भने, “विद्यालयदेखि नै पाठ्यपुस्तकमा यी विषय समेट्न जरुरी छ ।”

सञ्चारिका समूह र नेपाल टेलिकमले आज आयोजना गरेको ‘युट्युबमा प्रशारित विषयवस्तु र लैङ्गिकताको सवाल’ विषयको भर्चुयल छलफल कार्यक्रममा सरोकार राख्ने निकायका प्रतिनिधिहरुले युट्युबलगायतका समाजिक सञ्जालको नियमनमा जोड दिएका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालकी पूर्वसदस्य सङ्गीता खड्का र पत्रकार बिष्टले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१८ जना एकल वृद्धा आमा सम्मानित

१८ जना एकल वृद्धा आमा सम्मानित

भर्खरै प्रकाशित

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज