कपिलवस्तु, असार १५
कपिलवस्तुमा जारी गरिएको निषेधाज्ञालाई थप खुकुलो पार्दै सार्वजनिक यातायात संचालन दिईन भएको छ । किनमेलकालागि दिइएको सयम बिहान ९ देखि साझ ६ बजे भित्र सिट क्षमता मात्र यात्रु राख्ने गरी सार्वजनिक यातायात चलाउन दिईने भएको हो ।
यस्तै सरकारी कार्यालय र संस्थाले प्रदान गर्दै आएको सबै सेवाहरु समेत खुला गरिएको छ । आर्थिक र ब्यवसायिक गतिबिधि बढाउन कपिलवस्तुमा थप खुकुलो सहीत एक साता निषेधाज्ञा थपसंगै सो निाणर््य गरिएको हो । कोरोना संक्रमनको चेन ब्रेक गर्न कपिलवस्तुमा सातौे पटक निषेधाज्ञा थप गरिएको हो । असार १५ देखि असार २१ सम्मकालागि निषेधाज्ञा थपिएको हो । जिल्लामा गत बैशाख २१ देखि निषेधाज्ञा जारी छ ।
सोमवार प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना ब्यवस्थापन समितिले गरको सिफारिसका आधारमा जिल्ला सुरक्षा समितिले सो निर्णय गरेका हो । प्रजिअ चक्रपाण्ी पाण्डेयले कोरोना भाईरासको दोश्रो भेरिन्टको चेन रोक्नकालागि थप कुकुलो सहीत फेरी एक साताकालागि निषेधाज्ञा थपिएको बताए । असार २१ गते १२ बजे सम्मकालागि निषेधाज्ञा जारी रहने छ ।
खाद्यान्न तथा अन्य सरसामान किनमेलकालागि समयावधी दैनिक बिहान ९ बजे देखि दिउसो ६ जे सम्म समय तोकिएको छ । सभा सम्मेलन गोष्ठी हाटेल तथा रेस्टुरेन्ट लगायतका संचालन गर्न रोक लगाइएको छ । तर होम डेलीभरी भने गर्न दिईनेछ । जिल्लामा १ सय २२ सकृय सक्रमित छन । संक्रमितको संख्या घटेसंगै निषेधाज्ञालाई थप खुकुलो पारिएको प्रजिअ चक्रपाणी पाण्डेयले बताए ।