Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अप्ठयारोमा शंकर पोखरेल


विश्वासको मत नलिने संकेतमा मुख्यमन्त्री शंकर पोखरेल

बुटवल । लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् ।

‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा मसमेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवादी पार्टी, नेपालको तपाईं नेतृत्वमा रहेको सरकारलाई समर्थन नरहेकाले मैले तपाईंको सरकारमा पार्टीको समर्थन र सहयोगविना यस प्रदेशको सरकारमा रही निरन्तरता दिन नसक्ने भएकाले नेपालको संविधानको धारा १६९ को २ ९क० बमोजिम मन्त्री पदबाट राजीनामा गरेकी छु,’ उनले मुख्यमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ ।

आफ्नै पार्टीका तीन जना सांसदले साथ छाडेपछि जनता समाजवादी पार्टीको महन्त ठाकुर पक्षका सांसदलाई सरकारमा सहभागी गराएर लुम्बिनी प्रदेश सरकार सुरक्षित बनाएका मुख्यमन्त्री पोखरेललाई मन्त्रीले राजीनामा दिएपछि फेरि ठूलो झड्का लागेको छ ।

जसपा ९महन्त ठाकुर० पक्षमा लागेर मन्त्री भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएर जसपा ९उपेन्द्र यादव० पक्षमा लागेकी छन् । यसले फेरि लुम्बिनी सरकारमा हलचल मच्चिएको छ ।

उनी वैशाख १९ गते सरकारविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर पछि शंकर पोखरेल नेतृत्वमा सरकारमा सहभागी भएकी थिइन् । सरकारमा सहभागी भएको २ महिनापछि राजीनामा दिएर यादव पक्षमा लागेपछि शंकर पोखरेल सरकार स्पष्ट अल्पमतमा परेको छ ।

जसपा ९यादव पक्ष० का संसदीय दलका नेता सहस्रराम यादवले रायमाझी पुरानै ठाउँमा फर्किएको बताए । उनले भने, ‘हाम्रो पार्टीको माननीयज्यू बीचमा केही समय हडबडाउनुभयो । पार्टीले कारवाही पनि ग¥यो अहिले बुझेर पुरानै ठाउँमा फर्किनुभयो ।’ ६ जना सांसद रहेको जसपाका महत्व ठाकुर पक्षका ४ जना सरकारमा सहभागी थिए । जसपा नेता मोहम्मद इस्त्याक राईले अन्य मन्त्रीहरु आफूहरुसँग आउने बारे छलफल भइरहेको बताए ।

भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष पाण्डेय, उद्योग, पर्यटन तथा वन मन्त्री कल्पना पाण्डे र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजयबहादुर यादव सरकारमै छन् । मन्त्रीको राजीनामा पछि लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । ८३ सदस्य प्रदेशसभामा एमालेका ३८ र जसपाका ठाकुर पक्षमा ३ जना गरी अब ४१ जना सांसद भए ।

प्रदेशसभामा बहुमतको लागि ४२ सांसद आवश्यक हुन्छ । विपक्षी गठबन्धनले पहिलदेखि नै प्रदेश सरकार अल्पमतमा रहेको बताउँदै आएको थियो । अझै लुम्बिनी एमाले माधव नेपाल पक्षमा २ जना सांसद छन् । नेकपा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले मन्त्रीको राजीनामा आएको भन्ने सुनेको बताए । ढकालले भने, ‘राजीनामा आयो भन्ने सुनियो । के हो अरु विषयमा बुझ्न पाइएको छैन । अन्य विषय अब बुझ्दै जाऔँला ।’

माओवादी केन्द्रले सरकारले छाडेपछि वैशाख १९ गते पोखरेलले राजीनामा दिएर पुनः विपक्षीको विरोधका बीच प्रदेशप्रमुखलाई आफ्नै कार्यकक्षमा लगेर सपथ लिएका थिए । एमाले कपिलवस्तुका सांसद दृघनारायाण पाण्डे, दाङका अमरबहादुर डाँगी र दाङकै नेकपाबाट निर्वाचित सांसद विमला वलीले शंकरको साथ छाडेका थिए । पाण्डेले कांग्रेसबाट राष्ट्रियसभा सदस्य भइसकेका छन् । त्यस्तै डाँगीले राजीनामा दिए भने वली माओवादी केन्द्रमा खुलेकी छन् । यो समाचार राजधानी दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

खर्च कटौती गर्न पालिका र जिल्ला समन्वय समितिलाई परिपत्र

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने आठ जना पक्राउ

बैंक एकाउण्ट ह्याक गरी रकम निकाल्ने आठ जना पक्राउ

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

सांसद चौधरीको रिहाइको माग गर्दै लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ, ओलीले बालहठ नगरे हुन्छ : ज्ञानेन्द्र कार्की

राष्ट्रपतिमा सर्वस्वीकार्य व्यक्ति कांग्रेसमा मात्रै छ, ओलीले बालहठ नगरे हुन्छ : ज्ञानेन्द्र कार्की

भर्खरै प्रकाशित

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

कैलालीमा आजबाट उल्लु महोत्सव सुरु

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

तत्काल पानी नपर्ने : न्यूनतम र अधिकतम तापक्रम बढ्दै

सहकारीका बचतकर्ताको रकम जोखिममा

सहकारीका बचतकर्ताको रकम जोखिममा

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

आज कपिलवस्तु महोत्सवमा कमला घिमिरे र सम्झना भण्डारीको प्रस्तुति रहने

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि