अर्घाखाँची । दिनहु जसो सयौको संख्यामा गाडी गुड्ने गोरुसिङ्गे सन्धिखर्क सडक खण्ड अन्तरगत जिल्लाको सितगंगा नगरपालिका वार्ड नम्बर ३ ठाडामा जिल्लाकै पहिलो पटक ट्राफिक डमि राखिएको छ ।
अस्थाई ट्राफिक पोस्ट ठाडाका प्र.ज यमबहादुर महतको पहल तथा होनड्राई कन्ट्रकसन प्राली नयाँ बानेश्वर १० काठमाडौका म्यानेजर सुशील बस्नेतको सहयोगमा डमि राखिएको हो ।
डमी ट्राफिक प्रहरी बाट सवारी चालकलाई मात्र होईन पैदलयात्रीलाई समेत गराउन ट्राफिक नियमबारे जानकारीको लागि सघाउ पुग्ने बिश्वास लिएर ,पैदलयात्रु र सवारी चालकलाई ट्राफिक नियम सम्बन्धी सचेतना जगाउने अनुशासन, जेब्राक्रसिङका बारेमा चेतना अभिबृद्धि गरी दुर्घटना न्यूनीकरण गर्नु प्रमुख उद्देश्य रहेको अस्थाई ट्राफिक पोस्ट ठाडाका प्र.ज यमबहादुर महतले जानकारी दिनु भएको छ।
डमी राखिएपछि सबारी चालक गाडीमा सबार जुनसुकै मानिसले विशेष निगरानी गरेको सुरक्षा पनि सहज भएको अस्थाथी ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । डमी ट्राफिक प्रहरीको हातमा ट्राफिक नियम उलंघन गरेमा १०,००० जरिवाना भन्ने सन्देश समेत लेखिएको छ।