Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न

Author Avatar साझा न्यूज 13th July 2021 , 11:21 AM
टोयोटामा फुटवल प्रतियोगिता सम्पन्न

– कविकिरण न्यौपाने/ टोयोटा

जापानको औद्योगिक नगरी टोयोटामा जापान भरी रहेका नेपाली टिमहरुको फुटवल प्रतियोगिता सम्पन्न भएको छ। विश्वकै व्यस्त देश अनि व्यस्त शहर टोयोटामा दियालो सेभेन ए साईट फुटवल रनिङ्ग कप – २०२१ सफलता पूर्वक सम्पन्न भएको छ। खेलको आयोजना धरान एफसिले गरेको हो।

प्रतियोगितामा जापान भरिबाट १६ टिमले भाग लिएका थिए। सहभागी टिमहरुमा एफ सि धरान व्ल्यक ,एभ्रेष्ट एफ सि,सिजिओका व्ल्याक,वेनि एफ सि,एनएनएफसि,ओशाका व्रदर्श,काभ्रोलि समाज,कोवे युनाईटेड,एफ सि धरान वाईट सहभागी थिए। अन्य टिमहरुमा फुकुओका एफ सि,पोखरा एफ सि,सिजुओका गाईज,सिजुओका ग्रे,योक्काईची एफ सि,एफ सि धरान येल्लो,युनिटि एफ सि सहभागी थिए ।

प्रतियोगितामा सिजुओका गाईज , सिजुओका प्रथम भयो भने एनएनएसि नागोयाले दोश्रो स्थान प्राप्त गर्यो । फाईनल खेल निकै प्रतिस्प्रधात्मक रहेको थियो । खेल ट्राईवेकरमा २ का विरुद्ध ३ को गोल अन्तरले विजेता तय भएको थियो। खेलको विजेताले २५२५२५ (दुई लाख बाउन हजार पाँच सय पच्चिस )येन नगद, ट्रफि तथा प्रमाणपत्र र उपविजेताले १५१५१५ ( एक लाख एकाउन्न हजार पाँच सय पन्ध्र )येन नगद, ट्रफि तथा प्रमाणपत्र प्राप्त गरे ।

खेलमा उत्कृष्ट खेलाडी एनएनएफसिका अनिल गुरुङ्ग भए भने म्यान अफ दि म्याच एनएनएफसिकै रोशन गुरुङ्ग घोषित भए। हाई स्कोरर सिजुओका गाईजका साजन प्रधान भए भने बेष्ट गोलकिपर सिजुओकाकै बिवेक थापा भएका थिए। अग्रजलाई सम्मान स्वरूप ३५ वर्ष पार गरेका एनआरएनए भेट्रान र नागोया भेट्रानको मैत्रीपूर्ण खेल समेत आयोजना भएको थियो।

प्रतियोगितामा एनआरएनए नागोयाले नागोया भेट्रान लाई २का बिरुद्ध ३ गोलले पराजित गरेको थियो । एनआरएनए टिमका क्याप्टेन समेत रहेका एनआरएनए जापानका सल्लाहकार बिमल अधिकारीले आफुले आफ्नो टिमको तर्फ बाट २ गोल गर्न सफल भएको बताउँदै प्रतियोगिता आयोजना गर्ने आयोजकलाई धन्यवाद दिएका छन्।

जापान जस्तो व्यस्त देशमा पनि समय निकालेर यति ठूलो आयोजना गर्नु सानो कुरो नभएको उनको भनाई छ। प्रतियोगिताको समुद्घाटन समारोह नेपालकै पूर्व किक वक्सिङ्ग खेलाडी एवं प्रशिक्षक देव घिमिरेको र समापन कार्यक्रम एनआरएनए जापानका उपाध्यक्ष दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा जापानका विभिन्न संघ संस्थामा रहेका नेत्तृत्व तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

प्रतियोगिता हेर्न जापान भरिबाट उल्लेखनिय नेपाली अनि जापनिजहरुको उपस्थिति रहेको थियो। यस खालको प्रतियोगिता प्रत्येक दुई वर्षमा आयोजना गर्ने लक्ष्य लिएको खेल संयोजक तथा धरान एफसिका उपाध्यक्ष सबिन राईले बताए। खेल सम्पन्न गर्नका लागी सहयोग गर्नु हुने सम्पूर्ण महानुभाव एवं संघ संस्थालाई धरान एफसिका अध्यक्ष योमन देवानले धन्यवाद ज्ञापन गरेका छन्, सबैको साथ सहयोग रहेर प्रतियोगिता सफलता पूर्वक सम्पन्न हुन सक्यो उनले भने।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

लिग–टु शृङ्खलाअघि नेपालले यूएईसँग २ वटा टी–२० खेल्ने

आईपीएल क्रिकेटको १९ औँ संस्करण आजदेखि शुरु हुँदै

आईपीएल क्रिकेटको १९ औँ संस्करण आजदेखि शुरु हुँदै

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

टी- २० विश्वकप फाइनल: न्यूजील्याण्डले टस जित्यो, भारतले पहिला ब्याटिंग गर्दै

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको सामान्य लक्ष्य

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

विश्वकप क्रिकेटमा भारतले नामिबियालाई ९३ रनले हरायो

भर्खरै प्रकाशित

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

दोस्रो मिस्टर कपिलवस्तु बने तौलिहवाका सुरेन्द्र बर्मा

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

पाकिस्तानमा अमेरिका–इरान वार्ता सुरु हुँदै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

सिर्जना बुढा मृत्यु प्रकरण : प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

उपसभामुख ठाकुरद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

तीस लाख रुपैयाँ चोरी गरेको आरोपमा बावु- छोरा पक्राउ

फरार प्रतिवादी पक्राउ, कैद भुक्तानका लागि कारागार चलान

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज