काठमाडौँ । संसदमा विश्वासको मत प्राप्त गरे लगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
ट्विटर मार्फत मोदीले देउवालाई कार्यकालको सफलताको शुभकामना समेत दिएका छन् ।
नागरिक तहको सम्बन्धलाई थप प्रगाढ बनाउँदै देउवा सरकारसँग भारत मिलेर अगाडि बढ्न चाहेको मोदीको भनाई छ । साथै, विभिन्न क्षेत्रलाई थप सुदृढ बनाउने चाहना पनि मोदीले व्यक्त गरेका छन् ।
देउवाले विश्वासको मत लिएको घोषणा सभामुखले गर्ने केही मिनेटमै मोदीले ट्वीट गरेका थिए ।