Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुटिङ खेलाडी कल्पनाको राष्ट्रिय कीर्तिमान

Author Avatar साझा न्यूज 24th July 2021 , 11:38 AM
सुटिङ खेलाडी कल्पनाको राष्ट्रिय कीर्तिमान

जापान प्रतिनिधि 

जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेरअघि भएको खेलमा ६१६ दशमलव आठ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । सो क्रममा उनले पहिलो सिरिजमा १०२ दशमलव दुई, दोस्रोमा १०५ दशमलव चार, तेस्रोमा १०१ दशमलव ०, चौथोमा १०४ दशमलव एक, पाँचौँमा १०३ दशमलव चार तथा छैटौँ सिरिजमा १०० दशमलव सात अङ्क जोडिन् ।

परियारले यसअघि नेपालमा भएको १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा ६१४ दशमलव पाँच अङ्क बनाएकी थिइन् । त्यो बेला पनि परियारले महिला १० मिटर एयर राइफलतर्फ राष्ट्रिय कीर्तिमान बनाएकी थिइन् । परियार सागमा चौथो भएकी थिइन् । उनी टोकियो ओलम्पिकमा छनोट चरणमा ५० खेलाडीमध्ये ४६औँ स्थानमा रही साथै प्रतियोगिताबाट बाहिरिएकी छन् ।

परियारले प्रतिस्पर्धा गरेको समूहबाट आठ खेलाडी फाइनल चरणमा प्रवेश गरेका छन् । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी उनी वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा छनोट भएकी हुन् । सो समूहमा नर्वेकी खेलाडी ६३२ दशमलव नौ अङ्कका साथ पहिलो, कोरियन खेलाडी ६३१ दशमलव सात अङ्कसहित दोस्रो तथा अमेरिकी खेलाडी ६३१ दशमलव चार अङ्कका साथ तेस्रो भइन् ।

टोकियो ओलम्पिकमा अब पौडीका गौरिका सिंह र एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी तथा जुडोकी सोनिया भट्टले प्रतिस्पर्धा गर्न बाँकी नै छ । सिंहले महिला १०० मिटर फ्रि स्टाइल, शाहले पुरुष १०० मिटर फ्रि स्टाइल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा प्रतिस्पर्धा गर्नेछिन् । टोकियो ओलम्पिक यही साउन २४ गतेसम्म सञ्चालन हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

एसिसी यू-१६ इस्ट जोन कपको च्याम्पियन बन्यो नेपाल

मलेशियाले नेपाललाई दियाे ९१ रनकाे लक्ष्य

मलेशियाले नेपाललाई दियाे ९१ रनकाे लक्ष्य

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता : नेपाल र श्रीलङ्का भिड्ने

एएफसी महिला एसियन कप छनोट प्रतियोगिता : नेपाल र श्रीलङ्का भिड्ने

यू–१६ इस्ट जोन कप : नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दियो

यू–१६ इस्ट जोन कप : नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दियो

१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

१६ वर्षमुनिको इस्ट जोन कप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ

वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा इंग्ल्याण्ड २१ रनले विजयी

वेस्ट इन्डिजसँगको पहिलो टी–२० क्रिकेटमा इंग्ल्याण्ड २१ रनले विजयी

भर्खरै प्रकाशित

सर्पले डसेर दुई बालकको मृत्यु

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

अन्तर्राष्ट्रिय क्रिकेट अम्पायर बिस्मिल्लाह जान शिनवारीको निधन

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै बैठक बस्दै

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

गुल्मीका पहिलो राष्ट्रिय भलिबल खेलाडी खरेल सम्मानित

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

उपमेयर सम्वोधन कार्यक्रम धमाधम सम्पन्न हुदैछः उपमेयर गुप्ता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज