काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज (शनिबार) बस्दै छ ।
तुलसीलाल स्मृति भवन च्यासलमा दिउँसो ३ बजे बैठक बस्ने नेकपा एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने जनाइएको छ।
केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुने तामाङले जानकारी दिए।