Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

४२ दिनयता बुधबार सबैभन्दा धेरै कोरोना संक्रमित

Author Avatar साझा न्यूज 5th August 2021 , 7:23 AM
थप ३ हजार १२५ मा कोरोना पुष्टि, २३ जनाको मृत्यु

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी कदम नचाल्ने हो र सर्वसाधारणले पनि घोषित मापदण्ड पालनामा गम्भीर नहुने हो भने मुलुक संक्रमणको तेस्रो लहरमा प्रवेश गर्ने चेतावनी दिइसकेको अवस्थामा पछिल्ला दिनमा बढ्दै गएको संक्रमितको ग्राफले फेरि एकपटक अप्रिय अवस्था आउन सक्ने देखिएको छ ।

कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा बुधबार भने ४ हजार नाघेको छ । बुधबार मात्रै ४ हजार १ सय ७ जना संक्रमित थपिएका छन् । यो भनेको ४२ दिनपछिकै सबैभन्दा धेरै हो । गत ८ असारमा १२ हजार २ सय ४ जनाको आरटीपीसीआर र ४ हजार ७ सय ९ जनाको एन्टिजेन परीक्षणका क्रममा ४ हजार ५ सय २२ जना संक्रमित थपिएका थिए । त्यसयता संक्रमणदर स्थिर रहँदै आएको थियो ।

बुधबार भने ११ हजार ३ सय ५४ जनाको पीसीआर र ४ हजार ९ सय ४४ जनाको एन्टिजेन गरी १६ हजार २ सय ९८ जनाको परीक्षण गर्दा ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा‍ समीरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा पीसीआर परीक्षण गरिएका मध्ये २६‍२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ । उनले भने, ‘यो संख्या निकै धेरै हो । संक्रमण कायम रहेको छ । हेलचेक्र्याइँ नगरौं ।’
यस्तै, कर्णाली, गण्डकी र प्रदेश १ मा संक्रमण दर उच्च रहेको डा‍ अधिकारीले बताए । कर्णाली प्रदेशमा ५७ दशलमव ३ प्रतिशत, गण्डकी प्रदेशमा ४४ प्रतिशत र प्रदेश १ मा ३२ प्रतिशत नमुनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमणदर बढ्नुको कारण हेलचेक्र्याइँ भएको जनस्वास्थ्य विज्ञ बताउँछन् । सरकारले जारी गरेको जनस्वास्थ्यका मापदण्ड कार्यान्वयन हुन सकेको छैन । अहिले पनि भेला, सम्मेलन, जुलुस भइरहेका छन् । बजारमा किनमेल गर्नेहरूको भिड बढ्न थालेको छ । सार्वजनिक यातायात र सरकारी कार्यालयमा भौतिक दूरी कायम हुन सकेको छैन ।

यस्तै, अस्पतालहरूमा कोरोनाविरुद्धको खोप लगाउनेदेखि खोप प्रमाणीकरण गर्ने र पीसीआर परीक्षण गर्नेहरूको भिड छ । बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्दा त्यहाँ खोप प्रमाणीकरण गर्नेको घुइँचो थियो । त्यस्तै, ओपीडी सेवा लिनेहरूको पनि भिड थियो । खोप प्रमाणीकरणका लागि पुगेका प्युठान खलगांका रमेश धितालले भने, ‘के गर्नू अब प्रमाणीकरण नगरे विदेश जान नपाइने ? कम्तीमा अनलाइनबाट प्रमाणीकरण गर्ने व्यवस्था गरे हुने नि ।’

त्यस्तै, १६ वटा जिल्लामा ५ सय बढी उपचारार्थ सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा मोरङ, सुनसरी र झापा, बाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक र नुवाकोटमा संक्रमण दर उच्च रहेको छ । यस्तै, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, लुम्बिनी प्रदेशको रूपन्देही र कर्णाली प्रदेशको सुर्खेतमा ५ सयभन्दा धेरै उपचाररत संक्रमित छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भौतिक दूरी कायम हुन नसक्नु, मास्कको समुचित प्रयोग नहुनुले पनि कोरोना जोखिम बढेको बताउँछन् । यस्तै, आमनागरिकले खोप समयमा नपाउँदा पनि जोखिम कायम छ ।

कोरोना संक्रमण समुदायस्तरमा नै फैलिन थालेको छ । तर, कन्ट्रयाक्ट ट्रेसिङ सुस्त गतिमा हुँदा कोरोना महामारी नियन्त्रण अभियान सकस बनेको जनस्वास्थ्य विज्ञ बताउँछन् । नेपाल जनस्वास्थ्य संघका सचिव दीपेन्द्र खड्काले समुदाय तथा पालिकास्तरमा महामारी नियन्त्रण तथा रोकथामका रणनीतिलाई प्रभावकारी बनाउन ढिलाइ भइरहेको बताए । उनले तत्काल जनस्वास्थ्य निरीक्षक नियुक्ति गर्न सरकारसँग माग गरे ।

सरकारले कोभिड–१९ महामारी प्रतिकार्यका लागि प्रत्येक स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक परिचालन गर्न मन्त्रिस्तरको निर्णयबाट कार्यविधि पारित गरेको थियो । तर, अहिलेसम्म पनि जनस्वास्थ्य निरीक्षक पदपूर्ति हुन सकेका छैनन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जनस्वास्थ्य निरीक्षक परिचालन सन्दर्भमा प्रक्रिया अघि बढेको बताए । समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

शुक्रराजका विद्यार्थीहरुलाई १ दिने शैक्षिक भ्रमण

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

कपिलबस्तुको पाँच पालिकामा कोरोना विरुद्धको खोप अभियान

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

नेपालमा ओमिक्रोनको नयाँ सब भेरियन्ट ‘जेएन एक’ पुष्टि

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट रोजगारी गरेर स्वदेश फर्किनेमा कोरोना सङ्क्रमण

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

भारतबाट फर्किनेमा कोभिड संक्रमण देखिन थालेपछि नाकामा कडाइ

उम्मेदवार बन्न कुन पदका लागि कति धरौटी?

थप ३०० मा कोरोना संक्रमण, १२४ जना निको

भर्खरै प्रकाशित

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको चुनौती

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

कपिलबस्तुको कुदानमा निःशुल्क आँखा शिविरबाट साढे नौ सय बढीले लिए सेवा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

अपांगता दिवसका अवसरमा वहिरा बालकालिकालाई न्यानो कपडा

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज