काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नीजि निवास बूढानिलकण्ठमा शुक्रबार बिहान ११ बजेबाट केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको हो।
यसअघि बिहीवार प्रस्तुत भएका समायोजन सम्बन्धी प्रतिवेदन र क्रियाशील छानबिन समितिको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार राख्ने क्रम शुरु भएको छ। आजको बैठकमा पनि यही प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले आफ्नो विचार प्रस्तुत गर्नेछन्।
कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिका संशोधनका लागि तय गरिएको बैठक अझै केही दिनसम्म लम्बिन सक्ने बताइएको छ।