काठमाडौँ। सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेशी तोकिएको छ ।
सर्वोच्च अदालतले सापकोटाविरुद्धको मुद्दा साप्ताहिक पेसी सूचीमा संवैधानिक इजलासमा पहिलो नम्बरमा राखेको छ । करिब १० वर्षदेखि सर्वोच्च अदालतमा विचराधिन उक्त मुद्दा पटक/ पटक पेसी तोकिए पनि अन्तिम सुनुवाइ हुन सकेको छैन ।
अर्जुनकी श्रीमती पूर्णिमाया लामाले २०६९ मंसिर ७ गते सापकोटाविरुद्ध कर्तव्य ज्यान मुद्दामा सर्वोच्चमा रिट निवेदन दायर गरेकी थिइन् । उक्त रिट अन्तिम फैसलाका लागि संवैधानिक इजलासमा करिब १० वर्ष देखि विचाराधीन रहेको छ।