तीज पर्व हिन्दु नारीहरुको महत्वपुर्ण पर्वको रुपमा रहेको छ । हिन्दु चेलीहरुले अन्याय , अत्याचार समानताका पक्षमा नाँचगान सहित जम्मा भई भेटघाट हुने पर्वको रुपमा रहेको यो पर्व यसपटक कोरोना त्रास कारण तीज पर्व मनाउने अवस्था भने रहेको छन्।
कोरोनाले तीजको तडक भडकलाई घरभित्रै सिमित गरेको छ । विगतका बर्षहरु विशेषगरी दरका नाममा भोजभतेर बढी नै हुने गरेको थियो । भोजमा जाँदा राम्रा लुगा र गहना लगाउने रहरसँगै प्रतिस्पर्धा बढेको थियो । तर कोरोनाले यसलाई भने अन्त्य गरेको छ ।
मीठो मसिनो खानु , राम्रो लगाउनु र रमाइलो गर्नु मानविय आवश्यकता पनि हो । तर बेला बेलामा यसका बिषयमा बिभिन्न ढङ्गबाट बहस पनि चल्ने गरेको छ ।
तीज मनाउने नाममा निकै तडकभडक अन्त्य भने यसपटक कोरोनाले गरेको छ । विशेषगरी दरका नाममा भोजभतेर समेत यसपटक भएको सुन्नमा आएन ।
तीजको दर कहाँ खाने , कहिले खाने र कति खाने भनेर निक्यौल गर्ने अधिकार पर्व मान्नेहरुलाई छ । तर धेरै जसो जिल्लामा जिल्ला प्रशासन कार्यालयले निशेधाज्ञा जारी गरेकाले चेलीहरुलाई सामुहिक भेला भएर रमाईलो गर्न पाएका छैनन् भने भिडभाडका कारण कोरोना सर्ने डर पनि उतिकै हुने गर्छ ।
यसपटक चेलीहरुले तीजको मौलिकता बचाउन आफ्नै घरमा परिवारका सदस्य सँग बसेर तीज मनाउनुको विकल्प छैन् । तीजको अवसरमा सबैमा शुभकामना ।