काठमाडौँ । पछिल्लो २४ घण्टामा १०९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ७८६ पीसीआर परीक्षणमा ९७५ जना र ३०३१ एन्टिजेन परीक्षणमा १२० जना गरी १०९५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा २९५७ जना संक्रमणमुक्त भएका छन् भने, ८ जनाको मृत्य भएको छ ।