Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कांग्रेसले हिमाली जिल्लामा दसैँअघि नै अधिवेशन गर्ने


कांग्रेसले हिमाली जिल्लामा दसैँअघि नै अधिवेशन गर्ने

नेपाली कांग्रेसले हिमाली जिल्लामा दसैँअघि अधिवेशनका कार्यक्रम गर्ने निर्णय गरेको छ । कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार भएको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले महाधिवेशनको कार्यतालिकाअनुसार जिल्ला अधिवेशन गर्ने सहमति गरेको हो ।

कांग्रेसले हिमाली जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, मनाङ, मुस्ताङ, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, बाजुरा, बझाङ, दार्चुला, धादिङ, गोरखासहित २१ जिल्ला सूचीमा राखेको छ । ती जिल्लामा दसैँअघि नै र अरु जिल्लामा दसैँपछि जिल्ला अधिवेशन गर्ने सहमति भएको छ ।

हिमालीबाहेकका जिल्लामा दसैँअघि स्थानीय तहको अधिवेशन सम्पन्न गर्ने र बाँकी अधिवेशनका कार्यक्रम दसैँपछि गर्ने सहमति भएको छ । मौसमलाई मध्यनजर गरेर हिमाली जिल्लामा दसैँअघि नै जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको निर्वाचन समितिले जनाएको छ । कांग्रेसको ६४ जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ ।

ती जिल्लामा यही असोज ९ गते पालिका अधिवेशन हुँदैछ । तेह्र जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा अधिवेशन तालिका नै प्रभावित भएको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै अधिवेशन एउटै समयमा हुनुपर्ने माग गरेपछि कांग्रेसमा महाधिवेशन कार्यतालिका परिमार्जन हुने भएको हो ।

कांग्रेसको महाधिवेशन कार्यतालिकाअनुसार असोज ९ गते स्थानीय तहको अधिवेशन, असोज १२ गते प्रदेशसभा निर्वाचन क्षेत्र, असोज १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र असोज १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख छ । कांग्रेस कोषाध्यक्ष सीतादेवी यादवका अनुसार पार्टीको पदाधिकारी बैठकमा पार्टीको महाधिवेशन केन्द्रित भएर लामो छलफल भए पनि निष्कर्षमा पुगिनसकेको हो ।

कतिपय जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्गिएको छैन । पार्टीको महाधिवेशनबाट हुने नेतृत्व चयन प्रक्रियामा पार्टीले अङ्गीकार गरेको समावेशिताका विषयलाई कसरी सम्बोधन गर्ने भन्नेबारे पनि छलफल भएको कोषाध्यक्ष यादवको भनाइ छ । सो बैठकमा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री डा शशाङ्क कोइराला, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष यादव, सहमहामन्त्री प्रकाशशरण महत पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वउपसभापति गोपालमान श्रेष्ठ र केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाललगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

संघीयताको खारेजी अहिले असम्भव : प्रदेश प्रमुख शेरचन

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आज मनोनयन : सत्ता गठबन्धनबाट अर्यालले उम्मेदवारी दिने

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सरकारमा रहने वा बाहिरिने भन्ने निर्णय गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्दै

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

सुशासन कायम गर्न कर्मचारीले जनताका काम द्रुतगति गर्नु पर्नेः मन्त्री मोदी

कांग्रेस कपिलवस्तुले टुंगांयो ४ गाउपालिका प्रमुख र उप प्रमुखको नाम

सिंहदरवारमा प्रतिपक्षी दलहरूको बैठक बस्दै

भर्खरै प्रकाशित

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

कपिलवस्तुको १० पालिकामा अख्तियारको ५८ उजुरी

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

प्रधानमन्त्री समक्ष रास्वपाका मन्त्रीको राजीनामा

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु संस्कृतिक संरक्षण केन्द्रको अध्यक्षमा पुनः पवन थारु

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

थारु कला संस्कुति जर्नेना गर्न उद्देश्यले बुद्धभुमी नगरपालिकाद्धारा सवा करोड बढीको थारु संग्रहाय निर्माण गर्दै

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

फूलखेतीबाट मासिक ३५ हजार आम्दानी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि