काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल आज अस्पतालबाट डिस्चार्ज हुने भएका छन् ।
भाइरल ज्वरोका कारण अस्पताल भर्ना भएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट आज डिस्चार्ज हुन लागेका हुन् ।
अध्यक्ष नेपालको स्वास्थ्यमा सुधार भएपछि डिस्चार्ज गर्न लागिएको हो ।
नेपालको पेटमा समेत समस्या देखिएको थियो भने रगतमा सोडियमको मात्रा कम भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
अध्यक्ष नेपाल गत बुधवार अस्पताल भर्ना भएका थिए ।