नेपालमा सोमबार १,०३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप ३६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा २६६, भक्तपुरमा ३८ र ललितपुरमा ६२ जना संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११,१७४ पुगेको छ।
हाल नेपालभर १६,६०६ सक्रिय संक्रमित रहेका मन्त्रालयको तथ्यांकमाच उल्लेख छ ।















































