काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरू भएको छ । संघीय संसदमा १ बजेबाट बैठक शुरु भएको हो ।
तर यसअघि जस्तै नेकपा एमालेले संसद अवरोध गरेको छ । विभिन्न नाराहरु लगाउँदै एमालेले संसद बैठक अवरोध गर्ने क्रम जारी राखेको हो ।
यो बैठकमा एक मात्रै कार्यसूची रहेको छ।
बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७’ पेस गर्ने सम्भावित कार्यसूची छ।
वैशाख २७ मा ह्विप उलंघन गरेको आरोपसहित कारवाही गरिएका माधव नेपालसहित १४ जना सांसदको सूचना नटाँसेसम्म संसद चल्न नदिने अडान एमालेले राखेको छ।
उक्त कारवाही सदर नगरेसम्म संसद चल्न नदिने एमाले कार्यालय सचिव शेर बहादुर तामाङले बताए ।
















































