Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यतामा यस्तो रह्यो ६६औं प्रहरी दिवस, फोटोफिचर

Author Avatar साझा न्यूज 6th October 2021 , 2:48 PM
प्रधानमन्त्री देउवाको प्रमुख आतिथ्यतामा यस्तो रह्यो ६६औं प्रहरी दिवस, फोटोफिचर

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित विशेष समारोहबीच ६६औं प्रहरी दिवस २०७८ सम्पन्न भएको छ ।

प्रहरी दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री देउवाले प्रहरी प्रधान कार्यालयस्थित अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुभयो ।

विशेष समारोहमा प्रधानमन्त्री देउवाले प्रथम महिला प्रहरी सेवा निवृत्त प्रहरी सहायक निरीक्षक चैतमाया डंगोललाई ‘लाईफ टाइम अचिभमेण्ट अवार्ड’ प्रदान गर्नुभयो । साथै उहाँले कर्तव्य पालनाको क्रममा वीरगति प्राप्त गर्ने यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले “प्रहरी दर्पण २०७८” को लोकार्पण समेत गर्नुभयो ।

समारोहमा प्रधानमन्त्री देउवाले नुवाकोट विदुर नगरपालिका-२ का अमर प्रहरी प्रहरी जवान मनोज कुमार हमालका छोरा हार्दिक हमाल र दोलखा लामिडाँडा-८ का अमर प्रहरी प्रहरी सहायक निरीक्षक राम बहादुर खड्काकी छोरी सन्जीवनी खड्कालाई अच्युत-मिना अमर प्रहरी परिवार पुरस्कार तथा वैतडी शिवनाथ-२ का अमर प्रहरी शेर सिंह साउदको छोरा अनिल साउद र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ का अमर प्रहरी प्रहरी जवान राम बहादुर चौधरीकी छोरी नीमृत चौधरीलाई अच्युत-मिना अमर प्रहरी परिवार छात्रवृत्ति प्रदान गर्नुभयो ।

विशेष समारोहलाई सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले नेपाल प्रहरी अपराधको संजाल र अवाञ्छित गतिबिधि निस्तेज गर्न दृढ संकल्पित रहेको चर्चा गर्नुभयो । हालको परिस्थितिको कुनै पनि प्रवाह नगरी संगठनका प्रत्येक सदस्यहरु पेशागत कर्तव्य पालनामा अझ उच्च मनोबलका साथ कार्य सम्पादनमा खटिने अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो ।

निष्पक्ष अनुसन्धान र कानून कार्यान्वयन कानूनी राज्यका आधार भएको तथा निष्पक्ष अनुसन्धानले पीडितलाई न्याय दिलाउनुका साथै राज्यमा दण्डहिनताको अन्त्य गर्न समेत मद्दत पुग्ने उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भन्नुभयो, “कुनै पनि स्वार्थ तथा शक्तिबाट प्रभावित नभई निष्पक्ष अनुसन्धान कार्यमा नेपाल प्रहरीले सम्झौता गर्दैन भन्ने विश्वास लिएको छु ।” प्रहरी संगठनले थालेका सुधारका रचनात्मक कार्यलाई सफल तुल्याई नेपाल प्रहरीको संस्थागत विकास मार्फत प्रभावकारी ढंगबाट प्रहरी सेवा प्रवाह गर्न उहाँले विशेष आग्रह गर्नुभयो । विज्ञान र प्रविधिको तीव्र विकास भइरहेको वर्तमान अवस्थामा संगठित एवं विद्युतिय संजालमा आधारित भएर विश्वभर फैलिरहेको अपराधका नयाँ प्रवृत्ति र शैलिहरुप्रति नेपाल प्रहरी ज्यादै चनाखो र प्रभावकारी हुनु जरुरी रहेको समेत उहाँले बताउनुभयो ।

प्रहरी दिवसको अवसरमा समस्त प्रहरी कर्मचारी तथा सेवा निवृत्त प्रहरी कर्मचारीहरुलाई शुभकामना दिँदै प्रधानमन्त्री देउवाले शहादत प्राप्त शहीद, अमर प्रहरी कर्मचारीको योगदानलाई स्मरण गर्दै ती सपुतहरु प्रति श्रद्धासुमन अर्पण गर्नुका साथै घाइते भएका प्रहरी कर्मचारीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

समारोहमा विशेष अतिथि गृहमन्त्री बालकृष्ण खाणले नेपाल सरकारको एउटा अभिन्न अंगको रुपमा रहेको नेपाल प्रहरीले नागरिकको जीवन रक्षाको साथै शान्ति सुरक्षा सुव्यवस्था वहाल गर्न, देशमा अमन चयन कायम गर्न, संविधानको रक्षा र विधिको शासनको पालना गराउन अंग्रपक्तिमा रहेर कर्तव्य निष्ठ रहदै आएको चर्चा गर्नुभयो । अपराध नियन्त्रण र अनुसन्धान एवम् शान्ति सु-व्यवस्था कायम गर्न सबै सुक्षा निकायहरुलाई आधुनिकिकरण गर्न, साधनस्रोत सम्पन्न बनाई नयाँ चुनौतीको सामान गर्न सक्षम बनाउन वर्तमान सरकार ज्यादै संवेदनशील र गम्भीर रहेको उहाँले बताउनुभयो ।

बाढी, पहिरो तथा प्राकृतिक विपद् उद्दार, राहत र व्यवस्थापनका लागि तथा कोभिड-१९ को महामारीको समयमा संक्रमणको प्रवाह नगरी अग्रपंक्तिमा नेपाल प्रहरीले आम नागरिकको जीवन रक्षाका लागि निर्वाह गरेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुहुँदै गृहमन्त्री खाणले आगामी दिनमा नेपाल सरकार अझै प्रहरीमैत्री हुने र प्रहरीको क्षमता वृद्धिका लागि प्रतिवद्ध रहेको बताउनुभयो । उहाँले आफ्नै जीवनलाई समेत जोखिममा पारी राज्यले सुम्पिएको दायित्व निर्वाह गर्ने क्रममा आफ्नो प्राण उत्सर्ग गर्ने अमर तथा वीर प्रहरीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै कर्तव्यपालनका क्रममा घाइते तथा अशक्त भएका प्रहरी कर्मचारीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो ।

आफ्नो दायित्व निर्वाह गर्ने क्रममा सबै प्रहरी कर्मचारीहरु उत्कृष्ट रुपमा प्रस्तुत हुन र राष्ट्र एवम् जनताको हक हित रक्षाको लागि अझै संवेदनशील र गम्भीर हुन उहाँले प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

उक्त अवसरमा गृहमन्त्री बालकृष्ण खाण, महान्यायाधिवक्ता, प्रधान सेनापति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त, गृहसचिव, सुरक्षा निकायका प्रमुखहरु, पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, निजामती सेवा तथा सुरक्षा निकायका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष तथा पदाधिकारीहरु, अमर प्रहरीका परिवारहरु, अन्य बिशिष्ट अतिथि महानुभावहरु, वरिष्ठ प्रहरी अधिकृतहरु एवं उपस्थित प्रहरी अधिकृत तथा जवानहरुले समेत अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी गतिशिल संगठन भएकोले यसको समुचित कार्य बिशिष्टिकरण प्रहरीको ध्येय हुनुपर्ने चर्चा गर्नुभयो । समाजले प्रहरीबाट धेरै अपेक्षा र विश्वास गरेको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “हाम्रो कर्मक्षेत्र पनि समाज र नागरिक नै हो । यो कर्तव्यबाट नत हामी विमुख हुन नै सक्छौ न समाजले हाम्रो बिकल्प नै खोज्न सक्छ । यो अनन्त : र अटुट सम्बन्धलाई प्रगाढ र विश्वसनीय बनाउनु हाम्रो व्यवसायिक धर्म हो ।”

प्रहरी प्रधान कार्यालयसँग आन्तरिक लिखतको रुपमा ‘नेपाल प्रहरीको कार्ययोजना २०७७’ रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फिल्ड तहका प्रहरी कर्मचारीको मनोबल तथा प्रहरी कार्य प्रवाह सुदृढिकरण गरी प्रहरी सेवाको विश्वसनीयता अभिवृद्धि गर्न उच्च प्राथमिकतायुक्त बेन्चमार्क क्रियाकलापहरु अगाडि बढाइएको बताउनुभयो । प्रहरी हवल्दार तथा प्रहरी जवानको मनोबल र उत्प्रेरणा अभिवृद्धिका क्षेत्र पहिचान गरी सोही बमोजिम क्षेत्रगत रुपमा तत्कालिन र दीर्घकालिन योजना बनाइएको बताउँदै नेपाल प्रहरीलाई प्रणालीगत रुपमा सञ्चालन गर्न १३ वटा नयाँ कार्यादेश कार्यान्वयनमा ल्याइएको, प्रचलनमा रहेका प्रशिक्षणलाई नागरिक मैत्री बनाउन ७ वटा पाठ्यक्रमहरु परिमार्जन गरिएको, १० वटा नयाँ पाठ्यक्रमहरु स्वीकृत गरिएको तथा १ सय ३३ वटा कार्यदेश, निर्देशिका र मापदण्ड तर्जुमा गरिएको उहाँले बताउनुभयो ।

समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कृतज्ञताको चिनो समेत प्रदान गर्नुभयो ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापाले यस वर्ष घोषित ३३ जना अमर प्रहरीमध्ये ७ जना अमर प्रहरीका परिवारहरुलाई सद्‍भाव सहयोग प्रदान गर्नुभयो ।

उक्त विशेष समारोह पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व प्रहरी महानिरीक्षकहरु लगायत पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुबीच पुनर्मिलन कार्यक्रम समेत सम्पन्न भएको थियो ।

६६ औं प्रहरी दिवस २०७८ सबै प्रदेश प्रहरी कार्यालयहरु तथा मातहात समेतमा विविध कार्यक्रमहरुका साथ मनाइनुका साथै यस वर्ष घोषित ३३ जनामध्ये २६ जना अमर प्रहरीका परिवारहरुलाई पायक पर्ने प्रदेश प्रहरी कार्यालयहरुमा कदरपत्र प्रदान गरिएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

नेपालले भारतको कुन भूमि मिच्यो जानकारी गराउन काँग्रेस सांसद बासना थापाको माग

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

मानव अधिकार आयाेगकाे प्रतिवेदनबारे कांग्रेसले सरकारकाे धारणा माग्याे

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

कांग्रेस त्यागेपछि गुल्मीका दुई वडाध्यक्ष पदमुक्त

शून्य समय : सांसदका थरिथरिका माग

शून्य समय : सांसदका थरिथरिका माग

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज