नेपालमा थप ७६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२,०३१ वटा नमुना परीक्षण गर्दा ७६० जनामा पोजिटिभ पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार ६,१६८ नमुनाको पीसीआर परीक्षण गर्दा ६३६ र ५,८६३ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको हो ।
शनिबार काठमाडौं उपत्यकामा थप २२७ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा १४५, भक्तपुरमा २५ र ललितपुरमा ५७ जना संक्रमित थपिएका हुन्।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाका कारण ११ जनाको मृत्यु पुष्टि भएको छ ।