Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

साफ फाइनलमा नेपाल र भारत आमनेसामने : नेपाललाई इतिहास रच्ने मौका


साफ फाइनलमा नेपाल र भारत आमनेसामने : नेपाललाई इतिहास रच्ने मौका

काठमाडौं। माल्दिभ्सको राजधानी मालेमा भइरहेको दक्षिण एसियाली साफ फुटबल प्रतियोगिताको फाइनल खेलमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । साफ फुटबल प्रतियोगितामा पहिलो पटक नेपाल फाइनल खेल्दैछ ।

खेल नेपाली समय अनुसार राति पौने ९ बजे हुनेछ । फिफा फुटबल वरियतामा भारत १०५ स्थानमा छ भने नेपाल १७१ स्थानमा छ ।

अघिल्ला १२ संस्करणमा भारतले ७ पटक उपाधि जितेको छ । त्यसको विपरित नेपाल अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । यसपटक भने नेपाल टोली फाइनल पुग्न सफल भएको छ ।

भारतबाहेक माल्दिभ्सले २ पटक, बंगलादेश, श्रीलंका र अफगानिस्तानले समान १ पटक जितेका थिए । अफगानिस्तान सन् २०१५ पछि साफ च्याम्पियनसिपबाट बाहिरिसकेको छ । नेपालसँगै पाकिस्तान र भुटानले मात्र अहिले सम्म साफ च्याम्पियनसिप जितेको छैन । साफ च्याम्पियनसिपमा कमजोर इतिहास भएको नेपाल र सर्वाधिक सफल भारतबीच माल्दिभ्समा जारी १३ औं संस्करणको फाइनलमा भिड्दैछन् ।

नेपालले भारतसँग अहिलेसम्म २२ वटा खेलहरूमा प्रतिस्पर्धा गरिसकेकाे छ । १५ खेलमा हार, पाँचमा बराबरी खेलेकाे नेपालले भारतसँग दुईवटा खेलमा मात्र विजयी भएकाे इतिहास छ ।

बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको हो ।

भारतले चार खेलबाट आठ अंकसहित पहिलो र नेपालले सात अंकसहित दोश्रो भएर फाइनलमा प्रवेश पाएको हो । पहिलो दुई खेलमा बंगलादेश र श्रीलंकासँग समान एक एक अंक बाँडेको भारतले नेपाललाई एक गोल गरेर तीन अंक जोडेको थियो । अन्तिम खेलमा माल्दिभ्सलाई हराउँदै तीन अंकसहित आठ अंक प्राप्त गर्न सफल भएको हो ।

नेपालले पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन माल्दिभ्सलाई उसैको घरेलु मैदानमा एक गोल गरेर तीन अंक र अर्काे खेलमा श्रीलंकालाई दुईका विरुद्ध तीन गोल गरेर छ अंक जोडेको थियो । भारतसँग भएको तेश्रो खेलमा एक गोल खाँदै अंक विहीन हुन पुगेको थियो ।

बुधबार भएको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरेको हो । तर नेपाल बंगलादेशसँग भएको चौथौं खेलमा पहिलो हाफमै गोल खाएपछि दबाबमा परेको थियो । दोश्रो हाफमा खेलको ७६ औं मिनेटमा बंगलादेशी गोलकिपरलाई राता कार्ड दिएपछि १० जनामा सिमित बंगलादेश दबाबमा रहेको थियो । अन्ततः खेलको ८७ औं मिनेटमा पाएको पेनाल्टीमा नेपालले गोल गर्दै बराबरी गरेको थियो । खेल बराबरीसँग नेपालको समूह चरणमा सात अकंसहित फाइनलमा प्रवेश पाएको हो ।

यस प्रतियोगितामा पाकिस्तान र भूटानले भाग नलिएपछि राउन रोबिन्सको आधारमा खेल खेलाइएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

भारतसँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा अस्ट्रेलिया विजयी

१९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले आज मंगोलियासँग खेल्दै

१९ औँ एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा नेपालले आज मंगोलियासँग खेल्दै

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

दोस्रो एकदिवसीय क्रिकेटमा भारतसँग अस्ट्रेलिया ९९ रनले पराजित

अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

अस्ट्रेलियासँगको एकदिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

एसिया कप क्रिकेटकाे उपाधि भारतलाइ

एसिया कप क्रिकेटकाे उपाधि भारतलाइ

भर्खरै प्रकाशित

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र राहत शिक्षकबीच पाँचबुँदे सहमति, आन्दोलन फिर्ता

भाउजूको हत्या गर्ने देवर पक्राउ

विरामी भर्ना गरी जाँच गर्ने मेडिकल सञ्चालक पक्राउ

मन्त्रीबारे छलफल गर्दै माओवादी केन्द्र, यी नेताको सम्भावना

आज प्रधानमन्त्री प्रचण्ड चीनकाे छेन्दु जाँदै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

आज विश्व मुटु दिवस : मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

एकदिवसीय विश्वकप अघिका अभ्यास खेल शुरु : पाकिस्तान र न्युजिल्यान्डबीचकाे आजकाे खेलमा दर्शक नहुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज