काठमाडौँ । नेपालमा २४ घन्टाको अवधिमा ५९१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार ६५४ आरटी पिसिआर र २ हजार ४३ एन्टिजेन गरी कुल ९ हजार ६९७ जनामा परीक्षण गरिएकोमा ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ११ हजार ८७४ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये १० हजार ८४७ जना होम आइसोलेसनमा, १ हजार २७ संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा २८० जना र भेन्टिलेटरमा ९९ जना उपचाररत छन् ।
मन्त्रालयकाअनुसार साेमबार देशभरबाट ९३७ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ७ लाख ८२ हजार ३९३ पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा ९ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २९३ पुगेको छ ।
