विराटनगर – प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत लिने प्रस्ताव संसदमा टेबल गरेका छन् ।
प्रदेश १ एमाले ससदीय दलको बैठकले मुख्यमन्त्री आचार्यले शुक्रबारै विश्वासको मत लिने निर्णय गरे पनि आइतबारमात्रै विश्वासको प्रस्तावमा मतदान हुने भएको छ । यद्यपि २४ असोजमा मुख्यमन्त्री आचार्यले प्रदेशसभामा दर्ता गराएको विश्वासको मतसम्बन्धी प्रस्ताव आज सदनमा टेबुल भएको हो ।
टेबल भएसँगै बैठक पनि स्थगन गरिएको छ । सभामुख प्रदीपकुमार भण्डारीले विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतविभाजन आइतबार हुने जानकारी दिए ।् अब कात्तिक ७ गते आइतबार दिउँसो १२ बजेका लागि बैठक बोलाइएको छ ।