काठमाडौं – आइतबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार ९१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आजका लागि तेजावी सुनको भाउ ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।
यस्तै चाँदीको मूल्य तोलामा १२६० रुपैयाँ पुगेको छ । शुक्रबार १ हजार २ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।