काठमाडौं । पछिल्लो २४ घण्टामा ५८२ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १६७ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ५८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, दुई हजार ३२८ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ९० जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको जनाएको छ । पछिल्लो २४ घण्टामा ४९० जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । त्यस्तै नेपालमा हाल १० हजार ३७६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।