काठमाडौं । नेकपा एकीकृत समाजवादीको विदेश विभाग प्रमुखको जिम्मा पार्टीका सम्मानित नेता झलनाथ खनालले पाएका छन् । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालयको बैठकले उनलाई विदेश विभागको जिम्मा दिएको हो । जस अनुसार विदेश विभाग उपप्रमुखमा प्रमेश हमाल, सदस्यहरुमा डा. विजय पौडेल, मञ्जु यादव, मिलन तुलाधर वाईपी संग्रौला र शंकर खतिवडा रहेका छन् ।
एकीकृत समाजवादीले संगठन विभाग प्रमुखमा महासचिव बेदुराम भुसाललाई जिम्मेवारी दिएको छ । उपप्रमुखमा प्रकाश ज्वाला, सदस्यहरुमा अशोक कोइराला, कृष्ण खनाल, बलदेव चौधरी, मेटमणि चौधरी, लक्ष्मण पौडेल, सावित्रा भुसाल, श्रीनाथ बराल, शेरबहादुर कुँवर र हंशबहादुर शाही रहेका छन् । शिक्षा र विपद व्यवस्थापन विभागको प्रमुखमा डा। गंगालाल तुलाधर र सहकारी विभाग प्रमुखमा गोविन्द कोइरालालाई जिम्मेवारी दिइएको छ ।
















































