काठमाडौं । वितेको २४ घण्टामा नेपालमा ३५६ जना कोरोनाभाइरस संक्रमितहरु भेटिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३ सय ८४ जनामा गरिएको नमूना परीक्षणमा ३५६ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै वितेको २४ घण्टामा कोभिडको कारण २ जनाको मृत्यु भएको छ भने ५१८ जना निको भएका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४३६ पुगेको छ भने संक्रमितहरुको संख्या ९ लाख ८ हजार ९१० पुगेको मन्त्रालयले जनाएको छ ।
सरकारले कोभिड नियन्त्रण गर्न कोभिड विरुद्धको खोपलाई प्राथमिकता दिइरहेको जनाएको छ ।