Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

वर्तमान सभापति आचार्यको सहयोग मलाई हुन्छ ः नेता पाण्डेय

Author Avatar साझा न्यूज 7th November 2021 , 11:27 PM
वर्तमान सभापति आचार्यको सहयोग मलाई हुन्छ ः नेता पाण्डेय

साझा न्यूज । कपिलवस्तु
आसन्न नेपाली कांग्रेस कपिलवस्तु जिल्ला अधिवेशनमा जिल्ला सभापति पदमा आफुलाई सघाउन कांग्रेस नेता सुधाकर पाण्डेयले वर्तमान सभापति सुरेन्द्र राज आचार्य संग आग्रह गरेका छन् । नेपाली कांग्रेसको जिल्ला अधिवेशनका विषयमा साझा न्यूजसंग कुरा गर्दै नेता पाण्डेयले यस पटक पार्टी सभापति आचार्यको पूर्ण सहयोग आफुले पाउने बताए ।

यस अघिका जिल्ला अधिवेशनमा २ पटक आफुले सुरेन्द्र राज आचार्यलाई सहयोग गरेर जिल्ला सभापति बनाएको स्मरण गर्दै यस पटकको अधिवेशनमा आफुलाई वर्तमान सभापति आचार्यले खुलेर सहयोग गर्नु पर्ने नेता पाण्डेयले बताए ।

राजनिति विश्वास र एक अर्काको सहयोगमा गरिन्छ, नेता पाण्डेयले भने, “मैले २।२ पटक सहयोग गरेर सुरेन्द्र आचार्यलाई जिल्ला सभापति बनाएको छु, उहांले अब मलाई सहयोग गर्नु पर्छ । मैले गरेको सहयोगलाई नेता आचार्यले फर्काउने बेला आएको छ ।” म ढुक्क साथ अघि बढेको छु, नेता आचार्यको पूर्ण सहयोग मलाई हुने छ, नेता पाण्डेयले भने । यसै गरी आफुलाई अधिकांश क्षेत्रीय प्रतिनिधीहरु, जिल्ला नेताहरु, प्रदेश सभा सदस्यहरु र सांसदहरुबाट पनि सहयोग हुने बचन पाएको छु, नेता पाण्डेयले भने, “अन्तिम अवस्थामा सवै शक्तिले खुलेरै मलाई सहयोग गर्ने छन् ।”

जिल्ला अधिवेशनको मिति नजिकदै गर्दा जिल्लामा जिल्ला सभापति पदको लागि चुनावी सरगर्मी बढ्दै गएको छ । जिल्ला सभापति पदमा जिल्ला नेताहरु सुधाकर पाण्डेय, राजेश आचार्य र अब्दुल कलामको नाम चर्चामा रहेको छ । यसै गरी वर्तमान कोषाध्यक्ष शोहरत तेली र वर्तमान क्षेत्र नं. २ का क्षेत्रीय सभापति केशव श्रेष्ठले पनि जिल्ला सभापति पदमा आफ्नो उम्मेदवारीको दावी गरिरहेका छन् । तर श्रोतका अनुसार पछिल्ला यी दुई उम्मेदवारहरु भने प्रतिस्पर्धाको दौडमा छैनन् । सुधाकर पाण्डेय, राजेश आचार्य र अब्दुल कलाम खां विचकै अहिले त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ ।

जिल्ला सभापति पदका लागि उम्मेदवार रहेका सुधाकर पाण्डेय जिल्लामा निष्ठावान, ईमान्दार, बुद्धिजीवी वर्गका पाको नेताका रुपमा परिचित छन् । जिल्लाको दक्षिणी क्षेत्रमा रहेर नेपाली कांग्रेसको पार्टी राजनितिलाई मजबुत पार्दै आएका नेता पाण्डेय मधेशी, पहाडी, हिन्दु, मुस्लिम सवै वर्ग समुदायका साझा नेताका रुपमा परिचित रहेको यशोधरा गाउं ईकाई समितिका सभापति जगदीश पाण्डेयले बताए । माओवादी द्धन्दका बेला होस् या मधेश आन्दोलनका बेला नेता पाण्डेयले सदैव नेपाली कांग्रेसको आदर्श र निष्ठा प्रति समर्पित हुदै जिल्लामा कांग्रेस मजबुत पार्दै आएका छन्, सभापति जगदीशले भने, “यस पटक सवै मिलेर सुधाकर पाण्डेयलाई जिल्ला सभापति बनाउनु पर्छ ।”

जिल्ला सभापति सुरेन्द्र राज आचार्यलाई कार्यकर्ता तहबाट समेत नेता पाण्डेयलाई जिल्ला सभापति पदमा सहयोग गर्न दबाब बढ्दै गएको छ । सुधाकर पाण्डेयकै सहयोगका कारण यस अघि सुरेन्द्र राज आचार्य २।२ पटक पार्टी सभापति पदमा निर्वाचित भएका हुन्, एक अगुवा कार्यकर्ताले भने, सुधाकर पाण्डेयको सहयोग नभएको भए २ पटक नै वर्तमान सभापति सुरेन्द्र आचार्य निर्वाचनमा पराजित हुन्थे । त्यस कारण पनि यस पटकको निर्वाचनमा नेता आचार्यले आफुले लिएको सहयोगको ऋण चुक्ता गर्नु पर्छ, एक जिल्ला नेताले भने ।

सभापति पदको प्रतिस्पर्धामा रहेका अर्का २ उम्मेदवारहरु राजेश आचार्य र अब्दुल कलामले पनि आफुहरु बलियो उम्मेदवार रहेको दावी गर्दै आएका छन् । नेता आचार्य जिल्लामा पंचायती व्यवस्था विरुद्ध विद्यार्थी आन्दोलन देखि नै नेपाली कांग्रेसको संगठनमा क्रियाशील रहेका त्यागी नेताका रुपमा परिचित छन् । अर्का नेता अब्दुल कलाम कार्यकर्ताका माझमा लोकप्रिय, विकास प्रेमी र सरल नेताका रुपमा परिचित छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज