Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्रधानन्यायाधीशले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरूद्वारा इजलास बहिष्कार

Author Avatar साझा न्यूज 8th November 2021 , 12:47 PM
कुलमानको नियुक्तिको मुद्दामा अन्तरिम आदेश भएन

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफैँलाई इजलास तोकेपछि न्यायाधीशहरू इजलासमा नजाने भएका छन् ।

प्रधानन्यायाधीश जबराले सोमबारका लागि ६ वटा इजलास गठन गरेर बन्दीप्रत्यक्षीकरणका सातवटा मुद्दा सुनुवाइका लागि पेसी चढाइएको छ । तर, यसअघिको सहमतिविपरीत प्रधानन्यायाधीश जबराले आफैँमा इलजास तोकेपछि सोमबार पनि इजलासमा आन्दोलित न्यायाधीशहरू नजाने भएका छन् ।

विश्वम्भरप्रसाद श्रेष्ठ र मनोजकुमार शर्मा, वमकुमार श्रेष्ठ र प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी र डा. कुमार चुडाल, तेज बहादुर केसी र नहकुल सुवेदीको इजलासमा एक एकवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा सुनुवाइका लागि तोकिएको छ भने प्रधानन्यायाधीश जबरा र न्यायाधीश डा. कुमार चुडालको इजलासमा दुईवटा बन्दीप्रत्यक्षीकरणका मुद्दा छन् ।

तर, प्रधानन्यायाधीश जबराले आफैँलाई इजलास तोकेको भन्दै न्यायाधीशहरू इजलासमा नजाने भएका हुन् ।

‘प्रधानन्यायाधीशज्यूले आफूलाई इजलास नतोक्ने बताएपछि हामी इजलासमा जाने भएका थियौँ’’, एक न्यायाधीशले भने, ‘तर, सोमबार उहाँले आफैँलाई इजलास तोक्नु भएकाले हामी नजाने भएका छौँ । अहिले पनि हामीहरू थप रणनीति बनाउन छलफलमै छौँ ।’

जबराले कार्यपालिकामा भाग खोजेको, न्यायिक सुधार गर्न नसकेकोलगायतका आरोप लगाउँदै सर्वोच्च अदालतका १९ जना न्यायाधीश र नेपाल बार एसोसिएशनले आन्दोलन गरिरहेका छन् ।

न्यायाधीशहरूले जबरालाई राजीनामा दिन दवाव दिइरहेका छन् । उनीहरूले सोमबार पनि आन्दोलन जारी राखेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

कांग्रेस कपिलवस्तुमा ‘एकताको महाधिवेशन’को आवाज, विधि र विधान पालना गर्न माग

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

रविले बोलाएको सर्वदलीय बैठक बस्दै, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

भर्खरै प्रकाशित

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको मानार्थ सदस्यमा रविन्द्रनाथ ठाकुर मनोनयन

रौतहटमा गोली चलाएको आरोपमा १६ जना पक्राउ

देवानगञ्जमा गोली चल्यो, एक जना घाइते

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

राजेश सिंह कांग्रेसको केन्द्रीय प्रतिनिधि मनोनीत

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

रास्वपाको सदस्यता लिएपछि एमालेका दुई जनप्रतिनिधिमाथि कारबाही सिफारिस

१३ देशका लागि राजदूत सिफारिस, भारतदेखि अमेरिकासम्म नयाँ नाम

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज