काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रेको नेपाल बार एसोसिएसनले आज पनि धर्ना सुरु गरेको छ ।
तर प्रहरीले आज प्रदर्शनकारी वकिललाई सर्वाेच्चको मूलगेटमा जान रोकेको छ । प्रधानन्यायाधीश जबराले राजीनामा दिन आलटाल गरेपछि बारले सर्वोच्च परिसरमा आन्दोलन चर्काउँदै लगेको हाे ।
बारले १४ कात्तिकदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेको छ ।