जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय यादवलाई बर्खास्त गर्नुभएको छ ।
मुख्यमन्त्री राउतले जनता समाजवादी पार्टीका नेतासमेत रहनुभएका मन्त्री यादवलाई बर्खास्त गर्नुभएको हो । मन्त्री यादवलाई पदमुक्त गरेको पत्र प्रदेश प्रमुखको कार्यालयमा पठाइसकिएको प्रदेश सरकारका प्रवक्तासमेत रहनुभएका अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिनुभयो ।
यादवले सम्हालिरहेको मन्त्रालय नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भए बमोजिम मन्त्री यादवलाई राजीनामा दिन आग्रह गरिएको थियो । तर राजीनामा नदिएपछि यादवलाई मुख्यमन्त्रीले पदमुक्त गरेको अर्थमन्त्री साहले बताउनुभयो ।
















































