साझा न्यूज । तौलिहवा
कपिलवस्तुको क्षेत्र नं. १ अन्र्तरगत प्रदेश सभा (क) को सभापतिमा बाणगंगाका मेयर मंगल थारु पराजित भएका छन् । मेयर थारुलाई उनका प्रतिस्पर्धी दुर्गा केसीले ४० मतअन्तरले पराजित गरेका हुन् । शनिबार साँझ सकिएको मतगणनामा केसीले मंगलप्रसाद थारुलाई पराजित गर्दै चुनाव के.सी विजयी भएका हुन् । थारु निवर्तमान वाणगंगा नगर सभापति समेत हुन् ।
वाणगंगा नगरपालिकाको ओदारी माविमा शनिबार भएको निर्वाचनमा प्रदेश सभा (क) मा वाणगंगाका ११ वडा सहित कपिलवस्तु नगरका ३ र मायादेवी गाउँपालिकाको १ वडा गरी ३ सय ४३ जना क्षेत्रिय प्रतिनिधिले मतदान गरेका थिए भने ३ सय ३६ मत सदर भएको थियो ।
















































