नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कपिलबस्तु क्षेत्र नम्बर २ प्रदेश (ख)को सभापतिमा गिरिजेश कुमार पाण्डेय निर्वाचित भएका छन् ।
पाण्डेय १ सय ४६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी रुद्र बहादुर गैरे(प्रकाश) ले १ सय ३० मत प्राप्त गरे । पाण्डेय यशोधरा गाँउपालिकाको अध्यक्ष समेत हुन ।