कांग्रेस कपिलवस्तुको स्थगित प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन बुधवार हुने भएको छ । मंगलवारकालागि तय गरिएको निर्वाचतन दुइ पक्षीय बिवादका कारण स्थगति गरिएको थियो । क्षेत्र नम्बर १ को मतदान स्थल र ३ को उम्मेदवार बिरुद्ध उजुरी परे पछि बिवाद भएको थियो । जिल्ला पार्टी सभापति सुरेन्द्रराज आचार्यले ३ वटै निर्वाचन क्षेत्रको निर्वाचन मंसिर ८ गते बिहान ९ बजेबाट हुने बताए । क्षेत्र नम्बर १ को मतदान स्थल कपिलवस्तु नगरपालिका वडा नम्बर १० पचेहरामा गर्ने तथा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापतिका दुबै उम्मेदावरको उम्मेदवारी कायम रहने गरी सहमति भएको पार्टी सभापति आचार्यले बताए ।
https://esajhanews.com/2021/11/23/22721/